मुख्य समाचार
कान्ति अस्पताल आएका बिरामीलाई उपचार नगरी नफर्काउन स्वास्थ्यमन्त्रीको निर्देशन
कान्ति अस्पताल आएका बिरामीलाई उपचार नगरी नफर्काउन स्वास्थ्यमन्त्रीको निर्देशन

— उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसहितको टोली बुधबार कान्तिबाल अस्पतालको आकस्मिक अनुगमन गरेको छ । अनुगमनको क्रममा स्वास्थ्यमन्त्री यादवसहित सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहसहितको टोली अस्पताल पुगेको थियो । अस्पतालको अनुगमन गरेपछि मन्त्री यादवले अस्पताल प्रशासनलाई उपचारका लागि आएका बिरामीलाई कुनैपनि कारणले फर्काउन बन्द गर्न निर्देशन दिएका छन् ।


अनुगमनका क्रममा मन्त्री यादवलाई अस्पालतका निर्देशक डा. पंकज रायले विभिन्न विभागबारेमा ब्रिफिङ गरेका थिए । उनले केही दिन अघि आईसीयू बेडको अभाव देखाउँदै उपचारका लागि आएको बिरामी फर्काइएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षकण भएको बताएका थिए । 'उपचारका लागि अस्पताल ल्याइएका कुनै पनि बालबालिका आईसीयू बेड खाली नभएर वा मेसिन बिग्रेको जस्ता कुनैपनि कारणले उपचार नगरी फर्काउने कार्य बन्द गर्नुपर्‍यो,' उनले अनुगमनको क्रममा भने, 'आईसीयू बेड थपेर वा सेवा बिस्तार गरेर भएपनि आइन्दा बिरामी बालबालिकालाई भर्ना नलिई फर्काउने प्रवृत्ति अन्त्य गर्नुहोस् ।'

अस्पताल अनुगमनको क्रममा बिग्रिएको अवस्थामा रहेका सीटी स्क्यान, एमआरआई, एक्सरे लगायतका मेसिनहरूको पनि तत्काल मर्मत गरेर सेवा सुचारु गर्न पनि मन्त्री यादवले निर्देशन दिए । यस्तै उनले अस्पताल भित्र सञ्चालित फार्मेसीमा नै सबै औषधी उपलब्ध हुने व्यवस्था मिलाउन पनि निर्देशक डा. रायलाई निर्देशन दिएका थिए ।

यस्तै मन्त्री यादवले आफूले कार्यकाल सुरु गरेको दिन गरेको पहिलो निर्णय अनुसार अस्पतालको सेवालाई व्यवस्थित गर्न डिजिटल प्रविधि अवलम्बन गर्न पनि सुझाव दिए । 'बिरामीले टिकट र रिर्पोट लिनको लागि घन्टौं लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न अनलाइन टिकट काट्न मिल्ने र अनलाइन मै रिपोर्ट हेर्न वा डाउनलोड गर्न मिल्ने व्यवस्था मिलाउनुस्,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए। ...
: चिकित्सकको प्रेस्क्रिप्सनबीना जथाभाबी औषधि बिक्री गर्ने बुटवलका वैदावार फार्मेसीका सञ्चालक कल बहादुर विकसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुटवल उपमहानगरपालिका-११ स्थित कालिकानगरमा सञ्चालन गरिएको उक्त फार्मेसीबाबि विरामीहरूको स्वास्थ्यलाई गम्भीर असर गर्ने खालका औषधिहरू बिक्री वितरण गरिएको पाइएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको ...
: जन्मजात मलद्वार नभएका गुल्मीका एक बालकको चन्दाको भरमा सफल शल्यक्रिया गरिएको छ। जिल्लाको रेसुंगा नगरपालिका-१४ पराल्मीका सात वर्षीय बालकको विभिन्न संघसंस्थाको सहयोग तथा पहलमा सफल शल्यक्रिया गरिएको हो। आर्थिक अवस्था कमजोर भएर उपचारबाट वञ्चित भएका बालकको शल्यक्रियाका लागि नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीले चैत महिनामा सहयोग संकलन सुर गरेको थियो। बालकको यही वैशाख १५ ...
— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन भएका तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने जनाइएको हो । मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ, “जनस्वास्थ्य सेवा निमायवली २०७७ को नियम १२ को उपनियम ...
: अत्यधिक रक्तस्राव हुँदा चालु आर्थिक वर्षको नौं महिनाभित्रमा सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका दुई जना सुत्केरी महिलाको ज्यान गएको छ। जिल्लाका वर्थिङ सेन्टरमा ब्लड बैंक र पर्याप्त उपकरण नहुँदा सुत्केरीको मृत्युदर बढ्न थालेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख जनस्वास्थ्य अधिकृत दुर्गा बजगाईंले बताइन्। ‘हाम्रा वर्थिङ सेन्टरहरूमा ब्लड बैंक र पर्याप्त उपकरण छैनन्’, बजगाईंले भनिन्– ‘जसको ...