मुख्य समाचार
पहिलोपटक मिस युनिभर्स प्रतियोगितामा सहभागी हुँदै साउदी अरब
पहिलोपटक मिस युनिभर्स प्रतियोगितामा सहभागी हुँदै साउदी अरब

। इस्लामिक मुलुक साउदी अरबले पहिलोपटक विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्समा भाग लिने भएको छ । रुमी अलकाहतानीले उक्त पेजेन्टमा मुलुकको प्रतिनिधित्व गर्ने भएकी छन् ।

राजकुमार मोहम्मद बिन सलमान अल साउदको नेतृत्वमा खुलापनको नीति आत्मसात गर्दै आएको साउदीको यो अर्को महत्वपूर्ण कदम हो । २७ वर्षीया मोडल अलकाहतानीले मंगलबार इन्स्टाग्राममा यसबारे जानकारी दिंदै आफूले मिस युनिभर्समा सहभागी हुन लागेको उल्लेख गरेकी छन् ।

‘यो मिस युनिभर्स प्रतिस्पर्धामा साउदी अरबको पहिलो सहभागिता हुनेछ,’ उनले भने । खलिज टाइम्स र एबीसी न्युजले पनि साउदीले पहिलोपटक मिस युनिभर्समा भाग लिन लागेको बताएका छन् ।

साउदी अरेबियाको राजधानी रियादबाट आएकी अलकाहतानीले केही साताअघि मलेसियामा सम्पन्न मिस एण्ड मिसेस ग्लोबल एसियनमा भाग लिएकी थिइन् । ‘मेरो योगदान विश्व संस्कृतिको बारेमा जान्न र हाम्रो प्रामाणिक साउदी संस्कृति र सम्पदालाई संसारमाझ फैलाउनु हो,’ हल्काहतानीलाई उध्दृत गर्दै अरब न्युजले उल्लेख गरेको छ ।


मिस साउदी अरेबियाको ताज पहिरिनुसँगै उनले मिस मिडल इस्ट (साउदी अरेबिया), मिस अरब वर्ल्ड पिस २०२१ र मिस वुमन (साउदी अरेबिया)को उपाधि समेत हात पारेकी छन् ।

इन्स्टाग्राममा १० लाख फलोअर्स र एक्समा २ हजार जनाबाट पछ्याइएकी मोडल अल्काहतानीले आफ्नो यो कदमलाई लिएर उत्साहित पनि छिन् ।

लामो समयसम्म रुढिवादी मूल्यमान्यताको कारण परिचित साउदी अरेबियाले पछिल्लो समय ३८ वर्षीय राजकुमार मोहम्मद बिन सलमानको नेतृत्वमा उदारवादी नीतिहरु आत्मसात गर्दै आएको छ ।

महिलालाई गाडी चलाउन, महिला–पुरुष दुवैलाई एउटै कार्यक्रममा सहभागी हुन, पुरुष अभिभावकत्वबिना राहदानीको लागि आवेदन दिन पाइने नियम ल्याएपछि विश्वको ध्यान यसतर्फ सोझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...