मुख्य समाचार
कंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकट
कंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकट

— सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) ले बलिउड कलाकार कंगना रनौतलाई आगामी लोकसभा चुनावमा उम्मदेवार बनाएको छ । आइतबार भाजपाले पाँचौँ सूची जारी गर्दै आगामी लोकसभा चुनावमा कंगनालाई गृहराज्य हिमाचलको मण्डी क्षेत्राबाट उठाउने निर्णय गरेको हो ।

भाजपाले कंगनालाई टिकट दिने अनुमान केही अघिदेखि नै गरिँदै आएको थियो । पार्टीले सूची जारी गर्नुअघि नै कंगनाले मण्डीबाट लोकसभा चुनाव लड्न सक्ने संकेत दिएकी थिइन् ।


कंगना केही वर्षदेखि विवाद र चर्चामा रहँदै आएकी छिन् । उनले महाराष्ट्रमा तत्कालीन शिव सेना र तत्कालीन मुख्यमन्त्री उद्धव ठाकरेविरुद्ध विवादित टिप्पणी गरेकी थिइन् । त्यस्तै सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा पनि उनले महाराष्ट्र सरकारलाई निशाना साधेकी थिइन् । त्यति मात्र होइन उनले खुलेरै भाजपा नेतृत्वको सरकारको प्रशंसा गर्न थालिन् । केही समयमा उनलाई सरकारले 'वाई प्लस' सुरक्षासमेत दियो । त्यतिबेलै यो अनुमान गरिएको थियो, 'छिट्टै भाजपाले कंगनालाई राज्यसभा वा लोकसभा सांसद बनाउँछ ।'

कंगना कहिले झगडा त कहिले अब्बल अभिनयले बलिउडमा चर्चामा आइरहने कलाकार हुन् । सन् २००६ मा अनुराग बसुनिर्देशित 'ग्यांग्स्टर' चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । पहिलो फिल्मको अभिनयले नै उनले प्रशंसा बटुल्न सफल भइन् । उनले यस फिल्मबाट 'फिल्मफेअर बेस्ट डेब्यु अवार्ड'समेत हात पारिन् । सन् २००७ मा 'वो लम्हे' र 'लाइफ इन अ मेट्रो' ले फिल्मी करियरलाई अगाडि बढाए पनि सन् २००८ को 'फेसन' ले कंगनालाई थप उचाइमा पुर्‍यायो ।

फेसन-दुनियाँको कहानी समेटिएको चलचित्रका निर्देशक मधुर भण्डारकर थिए भने प्रमुख भूमिकामा थिइन् प्रियंका चोपडा । कंगनाले उक्त फिल्मबाट सहकलाकारका लागि राष्ट्रिय पुरस्कारसमेत पाइन् । त्यसपछि उनले फिल्मी करियरमा पछाडि फर्केर हेर्नु परेन । सन् २०११ मा आएको 'तन्नु वेड्स मनु' का लागि उनले सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाइन् ।

त्यस्तै विकास बहलनिर्देशित 'क्विन(२०१४)' ले पनि कंगनालाई राष्ट्रिय पुरस्कार दिलायो । उनी 'मर्णिकर्णिका' मा 'झाँसीकी रानी' को भूमिकामा देखिएकी थिइन् जुन १०० करोडभन्दा बढी संकलन गर्न सफल भएको थियो । कंगनाका केही फिल्मबाहेक सबैले व्यापारिक हिसाबमा सफलता प्राप्त गरेका छन् । कंगनाले बलिउडमा नातावाद हाबी भएको भन्दै करण जोहरलगायतका फिल्मकर्मीमाथि समेत आरोप लगाउँदै आएकी छिन् ।

२ वर्षअघि ट्विटरले बलिउड अभिनेत्री कंगना रनावतको ट्विटर एकाउन्ट सस्पेन्ड गरिदिएको थियो । शृंखलाबद्ध रूपमा विवादास्पद र भ्रामक सूचनासहितको ट्वीट गरेपछि कंगनाको एकाउन्ट सस्पेन्ड गरिएको थियो ।

भारतमा ५ सय ४३ सदस्यीय लोकसभाको चुनाव १९ अप्रिलदेखि सुरु हुनेछ । यस पटक लोकसभा चुनाव ७ चरणमा हुनेछ । भारतीय निर्वाचन आयोगका अनुसार १९ अप्रिलमा हुने पहिलो चरणको मतदानका लागि यही २० मार्चदेखि उम्मेदवारी दर्तालगायत प्रक्रिया सुरु हुनेछ 

। दोस्रो चरणको मतदान २६ अप्रिल, तेस्रो ७ मे, चौथो १३ मे, पाँचौं २० मे, छैटौं २५ मे र सातौं चरणको मतदान १ जुन हुनेछ । सात चरणको मतदान डेढ महिनामा पूरा हुनेछ । सबैतिरको मतगणना एकै साथ ४ जुनमा सुरु हुने मुख्य निर्वाचन आयुक्त राजीव कुमारले बताए । पहिलो चरणमा लोकसभाका १ सय २ सिट, दोस्रोमा ८९, तेस्रोमा ९४, चौथोमा ९६, पाँचौंमा ४९, छैटौंमा ५७ र सातौं चरणमा ५७ सिटका लागि मतदान हुने आयोगले जनाएको छ ।

उत्तर प्रदेश, बिहार र पश्चिम बंगाल राज्यमा सातवटै चरणमा मतदान हुने कार्यतालिका छ । यी तीनवटै भारतीय राज्यहरू नेपालसँग सिमाना जोडिएका छन्, जसका कारण सुरक्षा संवेदनशीलताका आधारमा नेपाल–भारतको सीमा क्षेत्र करिब डेढ महिनासम्म नै प्रभावित रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कलाकार प्रकाश सपुतले यहाँस्थित नेपाली राजदूत शंकर शर्मा र दूतावासका सांस्कृतिक विभाग हेर्ने अधिकारी गोकुल बस्नेतसँग भेट गरेका छन् । राजदूत शर्मासँगको भेटमा सपुतले नेपाली फिल्मलाई स्वदेशसँगै भारतमा पनि एकसाथ प्रदर्शनमा ल्याउने व्यवस्थामा सहजीकरण गर्न आग्रह गरेका थिए । ‘भारतमा नेपालीको संख्या ठूलो छ, यहाँ आएर कार्यक्रम गर्दा हजारौं नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, ...
। विश्वकै सबैभन्दा जेठो मानिने प्रसिद्ध भेनिस फिल्म फेस्टिभलको ८२ औं संस्करण सुरु भएको छ । महोत्सव दुई सातासम्म चल्नेछ । महोत्सवको ओपनिङ फिल्मको रुपमा इटालीका पाओलो सोरेन्टिनोद्वारा निर्देशित ‘ला ग्राजिया’ थियो जसले उत्साहजनक प्रशंसा पायो । टोनी सर्भिल्लो अभिनित यो फिल्मले इच्छामृत्यु र विवादास्पद माफीसहित नैतिक र राजनीतिकरुपमा दुविधाग्रस्त विचार व्यक्त गर्ने इटालियन राष्ट्रपतिको कथा ...
। अन्तरिक्षमा छायांकन गरिएको चिनियाँ फिल्म ‘विन्डो टु द ब्लू प्लानेट’को ट्रेलर सार्वजनिक भएको छ । (ट्रेलर हेर्न यो लिंकमा क्लिक गर्नूस ) यो फिल्म सेप्टेम्बर ५, २०२५ मा चीनमा प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई एट्के- रिजोलुसनमा खिचिएको चीनको पहिलो लाइभ एक्सन फिल्म बताइएको छ । ६ महिनासम्म पृथ्वीको कक्षमा रहेको शेन्झाउ–१३ मिसनको कथामा आधारित यस फिल्ममा ...
। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे । स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता ...
— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् । रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् ...