मुख्य समाचार
चिनियाँ आपराधिक समूहको जालोमा परेका १३ नेपालीको म्यान्मारबाट उद्धार
चिनियाँ आपराधिक समूहको जालोमा परेका १३ नेपालीको म्यान्मारबाट उद्धार

— चिनियाँ आपराधिक समूहको जालोमा परेर म्यान्मार पुगेका १३ नेपालीको उद्धार गरिएको छ । म्यान्मारको विकट गाउँ पुर्‍याएर डिजिटल ठगी धन्दामा लगाएकामध्ये ती १३ जनालाई उद्धार गरी शुक्रबार नेपाल ल्याइएको हो ।



चिनियाँ आपराधिक समूहको फन्दामा लामो समयदेखि परेका उनीहरूलाई थाइल्यान्ड र म्यान्मारस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासले राजधानी बैंककबाट करिब ७ सय किलोमिटर टाढा म्यान्मारसँग जोडिएको बोर्डर मेइसोटमा कर्मचारी पठाई १३ नेपालीको जिम्मा लिएको थियो । ‘म्यान्मारको विकट गाउँमा पुगेका ती नेपालीको उद्धार गरी म्यान्मारको म्यावड्डीमा सुरक्षा दिई राखिएको थियो । म्यानपावरको प्रहरीले बोर्डर क्रस गरी थाइल्यान्डको मेइसोटमा पठाइदिएपछि हामीले जिम्मा लिएका हौं,’ थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले बताए ।



ती १३ जना नेपालीलाई सुरक्षाको कारण म्यान्मारको राजधानी याङ्गुन लैजान सकिएको थिएन । याङ्गुनस्थित नेपाली दूतावासले उनीहरूको ट्राभल डकुमेन्ट जारी गरी भिसाका लागि बैंककस्थित नेपाली दूतावासमा पठाएको थियो । बैंककस्थित नेपाली दूतावासले थाइल्यान्ड सरकारसँग समन्वय गरी भिसा जारी गरेको थियो । दूतावासका कर्मचारी ट्राभल डकुमेन्ट र भिसा बोकेर ती नेपालीलाई लिन मेइसोट पुगेका थिए ।

म्यान्मारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले विद्रोही समूहको पकड क्षेत्र रहेको मेओदीमा नेपालीलाई बन्धक बनाएर गैरकानुनी डिजिटल ठगीमा लगाइएको बताए । ‘यो क्षेत्रमा कति नेपाली छन् भन्ने नेपाली दूतावाससँग यकिन तथ्यांक छैन,’ उनले भने, ‘उक्त क्षेत्रमा कुनै पनि सरकारी निकायका अधिकारी जान सक्ने अवस्था छैन ।’

उद्धार गरिएका नेपालीहरूका अनुसार उनीहरूलाई मासिक एक लाख पचास हजारभन्दा बढी तलबको प्रलोभन दिइएको थियो । म्यान्मारको विकट गाउँमा पुगेपछि चौबीसै घण्टा कडा सुरक्षा घेरा र निगरानीमा दैनिक १६ देखि १८ घण्टासम्म लगातार काम गर्न बाध्य पारिन्छ । एजेन्टले उनीहरूलाई फेक एकाउन्ट बनाएर फेसबुक, ह्वाट्सएप, ट्वीटर, इन्स्टाग्राम र कैयन् डेटिङ एपको खाता खोलिदिन्छन् । भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर उनीहरूलाई अनलाइनबाट ठगी धन्दा चलाउन लगाइन्छ ।

म्यान्मारका विकट क्षेत्रमा अझै सयौं नेपाली साइबर दासका रूपमा काम गरिरहेका उद्धार गरिएका युवाहरूले बताए । उनीहरूले भारत, बंगलादेश, म्यान्मारदेखि जाम्बिया, जिम्बावे, श्रीलंका, बाज्रिल र पोल्यान्डका नागरिकहरूलाई समेत विभिन्न प्रलोभन दिएर त्यहाँ पुर्‍याइएको छ । ‘यस्तो काममा कति जना नेपाली छन् भन्ने यकिन तथ्यांक हामीसँग छैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘फसेकाहरूलाई उद्धार गरिदिन भन्दै पीडित परिवारबाट निवेदन परिरहेको छ । उनीहरूलाई उद्धार गर्न म्यान्मार सरकारसहित विभिन्न च्यानलहरू प्रयोग भइरहेको छ ।’

चिनियाँ आपराधिक समूहले म्यान्मार पुगेकाहरूलाई भनेजस्तो काम नगरे शारीरिक र मानसिक यातना दिने, खान नदिई थुनेर राख्ने र कतैबाट सहायता खोज्न नसक्ने गरी बन्धक बनाएर राख्ने गरेका छन् । त्यहाँबाट भागेर नेपाल आइपुगेका एक जनाले आफूहरूलाई रातिको ९ बजेदेखि अर्को दिनको दिउँसो १ बजेसम्म १६ घण्टा काम गर्न बाध्य पार्ने गरिएको कान्तिपुरलाई बताएका थिए ।

‘१६ घण्टामा कम्तीमा ५ जनालाई प्रलोभन देखाएर पासोमा पारिसक्नुपर्थ्यो, कतिपय कामदारलाई त दिन तोकेर यति हजार डलर नै ठग्नुपर्ने भनेर टार्गेट दिइन्थ्यो,’ उनले भनेका थिए, ‘चिनियाँ आपराधिक समूहहरूले भनेजस्तो गर्न नसक्नेलाई चरम शारीरिक यातना दिन्थे । कतिपयलाई उनीहरूले विद्युतीय झट्का लगाउँथे भने कतिपयलाई १६ घण्टा काम गरेपछि थप तीन–चार घण्टा काम गरिराख्न बाध्य बनाउँथे ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गत शनिबार कतारमा मृत्यु भएका गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको शव अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन। ४२ वर्षका बरामको शव ६ दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको वडा सदस्य गोलबहादुर बरामले जानकारी दिए। वैदेशिक रोजगारीका क्रममा विगत १२ वर्षदेखि कतारमा रहेका बरामको गत शनिबार राति सुतिरहेको अवस्थामा शव भेटिएको बरामले बताए। ४२ वर्षीय ...
: अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो। उनीहरू बुधबार चार्टर्ड जहाजबाट काठमाडौं आइपुग्दैछन्। ३७ जना नेपालीलाई निष्कासन गरिएको बारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ। अध्यागमन स्रोतका अनुसार भोलि साढे २ बजेतिर ३७ जना निष्काशित नेपालीलाई ...
दक्षिण कोरियामा अन्तर्राष्ट्रिय शिक्षाको अभिलाषा बोकेर पुगेका हजारौं नेपाली विद्यार्थीको अहिले बिल्लीबाठ भएको छ । मेधावी विद्यार्थीहरूसमेत अवैध कामदारका रूपमा लुकेर बस्न विवश छन् । यो समस्या केही ठग कन्सल्टेन्सीहरूबाट उत्पन्न भएको हो । नेपालमा शैक्षिक परामर्श व्यवसाय एउटा अनियन्त्रित र नाफामुखी धन्दामा परिणत भएको छ । त्यसैको परिणाम आज विद्यार्थी बनेर गएका विद्यार्थी कोरियामा बिचल्लीमा परिरहेका छन् । ‘लाखौं कमाइ’ ...
— भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा दुई साताअघि आएको बाढीमा बेपत्ता भएका नेपालीहरूका आफन्त घर फर्किन थालेका छन् । दुई सातासम्म खोजी गर्दा पनि बेपत्ता भएकाहरू नभेटिएपछि आफन्त घर फर्किन थालेका हुन् । आफन्तहरू धरालीबाट एक दिन पैदल हिँडेरै उत्तरकाशीसम्म र त्यहाँबाट बसमा आउने तयारीसहित हिँडेका हुन् । ‘दुई सातासम्म बगरमा डुल्दा–डुल्दा केही भेटिएन, ...
। अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । यससँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपाली स्वदेश फर्किनैपर्ने भएको छ । नेपालमा सन् २०१५ मा आएको ...