मुख्य समाचार
नयाँ कलाकारलाई भेट्दा अनुराग कश्यपले पैसा लिने, एक घण्टाको ५ लाख
नयाँ कलाकारलाई भेट्दा अनुराग कश्यपले पैसा लिने, एक घण्टाको ५ लाख

। बलिउड निर्देशक अनुराग कश्यप आफ्नो खुलापनको कारण चर्चामा रहन्छन् । उनले दिने अभिव्यक्ति प्रायः हेडलाइन बन्छन् । यतिबेला उनी नयाँ स्टेटमेन्टले चर्चामा छन् ।

भारतीय फिल्म उद्योगमा आउने नयाँ कलाकार लक्षित उनको अभिव्यक्ति चर्चामा छ । नयाँ कलाकार बन्ने आउनेलाई अब आफूले सित्तैंमा भेटेर समय बर्बाद नगर्ने उनको भनाइ छ ।


त्यस्ता नयाँ व्यक्तिबाट आफूले शुल्क लिने उनको भनाइ छ । उनले दिएको यस्तो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेको पोस्टमा लेखिएको छ, ‘नयाँ आउने धेरैलाई मैले मद्दत गरेको छु । यतिबेला म थकित छु । आफूलाई महान् व्यक्ति भन्ने कसैलाई पनि भेटेर समय खेर फाल्ने छैन । अब पैसा लिन्छु । कसैले मलाई भेट्न चाहन्छ भने १०-१५ मिनेटको एक लाख रुपैयाँ लिन्छु ।’


उनले अगाडि लेखेका छन्, ‘आधा घण्टाका लागि दुई लाख रुपैयाँ लिन्छु । यदि कसैले मलाई एक घण्टा भेट्न चाहन्छ भने पाँच लाख रुपैयाँ तिर्नुपर्छ । यो मेरो रेट हो । मान्छेलाई भेट्दा समय बर्बाद गरेकोमा म थकित छु । यदि तपाईंले खर्च गर्न सक्नुहुन्न भने मलाई कल गर्नुस् नत्र भाँडमा जानुहोस् । सबै पैसा अग्रिम तिर्नुपर्छ ।’

कश्यपको यो अभिव्यक्ति सामाजिक सञ्जालमा छाइरहेको छ । धेरै प्रयोगकर्ताले यो कुरामा मजाक उडाइरहेका छन् । कामको कुरा गर्दा कश्यपले बनाएको पछिल्लो फिल्म ‘केनेडी’को प्रदर्शन मिति तय भइसकेको छैन । यो फिल्ममा सन्नी लियोनी र राहुल भट्टले काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कलाकार प्रकाश सपुतले यहाँस्थित नेपाली राजदूत शंकर शर्मा र दूतावासका सांस्कृतिक विभाग हेर्ने अधिकारी गोकुल बस्नेतसँग भेट गरेका छन् । राजदूत शर्मासँगको भेटमा सपुतले नेपाली फिल्मलाई स्वदेशसँगै भारतमा पनि एकसाथ प्रदर्शनमा ल्याउने व्यवस्थामा सहजीकरण गर्न आग्रह गरेका थिए । ‘भारतमा नेपालीको संख्या ठूलो छ, यहाँ आएर कार्यक्रम गर्दा हजारौं नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, ...
। विश्वकै सबैभन्दा जेठो मानिने प्रसिद्ध भेनिस फिल्म फेस्टिभलको ८२ औं संस्करण सुरु भएको छ । महोत्सव दुई सातासम्म चल्नेछ । महोत्सवको ओपनिङ फिल्मको रुपमा इटालीका पाओलो सोरेन्टिनोद्वारा निर्देशित ‘ला ग्राजिया’ थियो जसले उत्साहजनक प्रशंसा पायो । टोनी सर्भिल्लो अभिनित यो फिल्मले इच्छामृत्यु र विवादास्पद माफीसहित नैतिक र राजनीतिकरुपमा दुविधाग्रस्त विचार व्यक्त गर्ने इटालियन राष्ट्रपतिको कथा ...
। अन्तरिक्षमा छायांकन गरिएको चिनियाँ फिल्म ‘विन्डो टु द ब्लू प्लानेट’को ट्रेलर सार्वजनिक भएको छ । (ट्रेलर हेर्न यो लिंकमा क्लिक गर्नूस ) यो फिल्म सेप्टेम्बर ५, २०२५ मा चीनमा प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई एट्के- रिजोलुसनमा खिचिएको चीनको पहिलो लाइभ एक्सन फिल्म बताइएको छ । ६ महिनासम्म पृथ्वीको कक्षमा रहेको शेन्झाउ–१३ मिसनको कथामा आधारित यस फिल्ममा ...
। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे । स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता ...
— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् । रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् ...