मुख्य समाचार
लिमीका बालबालिका ५ महिनादेखि खोपबाट बञ्चित
लिमीका बालबालिका ५ महिनादेखि खोपबाट बञ्चित

— देशभर बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिन राष्ट्रिय अभियान सञ्चालन भइरहेको छ । ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने कार्यक्रम चलिरहेको छ । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लामा पनि फागुन २५ गतेबाट सुरु भएको खोप अभियान चैत्र ७ गतेसम्म सञ्चालन हुनेछ ।

तर हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँका बालबालिका भने दादुरा–रुबेलाविरुद्धको खोपबाट बञ्चित भएका छन् । नाम्खा गाउँपालिका–६ लिमीका तिल, जाङ र हल्जी गाउँका ५४ जना बालबालिका खोपबाट बञ्चित भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । हिउँले गर्दा लिमी गाउँमा यातायात अवरुद्ध भएका छन् । हिँडेर पनि जान सकिने अवस्था छैन । ‘५ हजार ५ सय मिटर भन्दा माथि रहेका नारा र म्यालु लेकमा हिउँ परेकोले आवतजावत गर्न सकिने अवस्था छैन,’ स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले भने, ‘खोप केन्द्रमा खोप पुगाउन नसकिएकोले त्यहाँका बालबालिका खोप लगाउनबाट बञ्चित भएका हुन् ।’




लिमी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नियमित कार्यरत भए पनि खोप ढुवानी गर्न नसकिएकोले बालबालिका बञ्चित भएको उनले बताए । उनका अनुसार लिमी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी आउजाउ गर्न सक्ने अवस्था छैन । उनीहरु मंसिरबाटै आफूलाई चाहिने र स्वास्थ्य संस्थामा चाहिने सामग्री लिएर उतै बसेका छन् । खोपलाई धेरै चिसो र धेरै तातोमा राख्न नमिल्ने भएकोले जतिबेला पायो त्यतिबेला ढुवानी गर्न नसकिने भएकोले यो समस्या भएको सिंह बताउँछन् । स्वास्थ्य संस्थामा अरु औषधि पहिल्यैबाट लिएर राखे पनि खोपलाई यसरी राख्न नमिल्ने बताए ।

अहिले दादुरा–रुबेलाविरुद्धको खोप मात्र नभएर मंसिरयता त्यहाँका बालबालिका नियमित खोपबाट पनि बञ्चित हुन पुगेको उनले बताए । मंसिर महिनासम्म लिमी स्वास्थ्य चौकीमा खोप पुगाएर लगाए पनि त्यसयता खोप पुगाउन नसकिएकाले बालबालिकाले नियमित खोप पनि नपाएका उनले बताए । आजभोली हुम्लामा चामल ढुवानी गरिरहेको हेलिकप्टरसँग कुरा भए पनि बजेट अभावले आफूहरुले हेलिकप्टरमा पनि लैजान नसकेको सिंह बताउँछन् । उनले भने, ‘त्यहाँ खोप पुगाउन हेलिकप्टरबाहेक विकल्प छैन । हामीले लिमीमा हेलिकप्टरमार्फत खोप ढुवानीका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई पत्राचार पनि गरेका छौं । हेरौं अब केही हुन्छ कि ।’

कर्णालीका अन्य सबै स्थानमा खोप अभियान सुचारु भए पनि लिमीमा ढुवानी गर्न समस्या भएको पत्र आएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका सूचना अधिकारी नवराज कँडेलले बताए । आफूहरुले खोप ढुवानीका लागि प्रयास गरे पनि सफल हुन नसकेको उनी बताउँछन् । अन्य सरकारी र गैरसरकारी संघसंस्थाबाट पनि सहयोग जुटाउने कुरा गरे पनि कतैबाट सम्भव नभएको उनले बताए । उनले भने, ‘अब के गर्ने भन्ने विषयमा हामी पनि अलमलमा छौं । विकल्प खोजिरहेका छौं । हिमपात कम भएपछि मात्र खोप ढुवानी गर्न सकिने अवस्था देखेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए