मुख्य समाचार
ला लिगा : दोस्रो स्थानमा बार्सिलोनाको पकड
ला लिगा : दोस्रो स्थानमा बार्सिलोनाको पकड

— बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडमाथि उत्साहवर्द्धक ३–० को जित निकाल्नै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ । यो जितपछि बार्सिलोनाको ६४ अंक भएको छ ।

यो तेस्रो स्थानमा रहेको जिरोनामाथि दुई अंकको अग्रता हो । हारले एटलेटिको भने पाँचौं स्थानमा रह्यो र यो सिजन घरेलु मैदानमा उसको यो पहिलो हार हो । एथलेटिक बिलबाओ चौथोमा छ ।


बार्सिलोनाको जितमा जाओ फेलिक्स, रोबर्ट लेवनडोस्की र फेरमिन लोपेजले गोल गरे । आइतबारका अन्य खेलमा सेल्टा भिगोले सेभियालाई २–१, आल्मेरियाले लास पाल्मासलाई १–०, भिल्लारियलले भ्यालेन्सियालाई १–० र रायो भाल्कानोले रियल बेटिसलाई २–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...
। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम दोस्रोपटकका लागि तोकिएको मितिमा पनि सम्पन्न नहुने भएको छ । बुधबार सहरी विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै स्तरोन्नतिको काम आगामी आर्थिक वर्षसम्म पुग्ने जनाएको हो । स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले पनि असार मसान्तसम्म काम पूरा नहुने जानकारी दिएका छन् । पहिलोपटक फागुन २१ देखि काम सुरु ...
। सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने योजना अन्तर्गत दोस्रो चरणको काम आगामी आवमा गर्ने भएको छ । सहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार काठमाडौंको शंखरापुर नगरपालिकामा जरहसिंह पौवा स्टेडियम निर्माण थाल्ने समेत मन्त्रालयको योजना छ । अहिले मन्त्रालयले त्रिवि मैदानमा पहिलो चरणको कामअन्तर्गत प्याराफिट निर्माणको काम गरिरहेको ...