मुख्य समाचार
कर्णालीमा ४५ हजारले लगाए कोरोनाविरुद्धको खोप
कर्णालीमा ४५ हजारले लगाए कोरोनाविरुद्धको खोप

: कर्णालीमा कोरोनाविरुद्धको खोप लगाइएको छ। बिहीबारबाट तीन दिनसम्म सञ्चालन भएको अभियानको क्रममा ४५ हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका हुन्। यसअघिका अभियानमा खोप लगाउन छुटेका नागरिकलाई लक्षित गरी फाइजर खोप लगाइएको हो।


कोरोनाको जोखिम कायमै रहेको र खोपको कभरेज कम भएका कर्णालीका पाँच जिल्लामा पुनः खोप अभियान सञ्चालन गरिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार सुर्खेत, कालीकोट, जुम्ला, दैलेख र सल्यानका गरी १६ वटा स्थानीय तहमा अभियान सञ्चालन भएको थियो। त्यसक्रममा करिब ४५ हजार नागरिकले फाइजर खोप (बुस्टर डोज) लगाएका हुन्। यद्यपि अन्तिम तथ्यांक आउन बाँकी नै रहेकाले खोप लगाउनेको संख्या बढ्न सक्ने बताइएको छ।

खोपको कम कभरेज भएका कर्णालीका १६ वटा स्थानीय तहमा यसअघि खोप लगाउन छुटेका नागरिकले खोप लगाएका हुन्। खोप अभियान सफल बनाउन दुईसय ७८ वटा खोप केन्द्र स्थापना भएका थिए। खोप अभियानका लागि ६० हजार डोज खोप प्राप्त भएको थियो। प्रारम्भिक तथ्यांक अनुसार करिब २० हजार पुरुष र २४ हजार महिलाले खोप लगाएका छन्।




खोपको कुनै मात्रा नलिएका तथा बुस्टर डोज लगाउन छुटेका १२ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई प्राथमिकता दिइएको थियो। सुर्खेतमा वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका तथा चौकुने र चिङगाड गाउँपालिकामा खोप अभियान सञ्चालन भएको थियो।

यस्तै दैलेखको नारायण र चामुण्डाविन्द्रासैनी नगरपालिका तथा भगवतीमाई र गुराँस गाउँपालिकामा, कालीकोटको तिलागुफा, रास्कोट र खाँडाचक्र नगरपालिका, जुम्लाको तातोपानी र गुठिचौर गाउँपालिका तथा सल्यानको सिद्धकुमाख, कालिमाटी र सारदा नगरपालिकामा खोप अभियान सञ्चालन भएको थियो।

थप १६ लाख डोज खोपको मात्रा आउनेछ। उक्त खोप कर्णाली लगायत अन्य प्रदेशमा पनि लगाइने उनले जानकारी दिए। उनले वैशाखमा सञ्चालन हुने अभियानान खोपको कम कभरेज भएका कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशलाई समेटिने बताए। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले नागरिकहरू खोप लगाउन उत्साहित देखिएको बताए। यस्तै स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले कोरोनाको जोखिम कायमै रहेकाले सबै नागरिकलाई खोपको मात्रा उपलब्ध गराउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए