मुख्य समाचार
हमास आक्रमणमा मारिएका १० नेपालीका परिवारलाई इजरायलले आजीवन भत्ता दिने
हमास आक्रमणमा मारिएका १० नेपालीका परिवारलाई इजरायलले आजीवन भत्ता दिने

— इजरायलमा अक्टोबर ७ मा हमास विद्रोहीको आक्रमणमा मृत्यु भएका १० नेपाली विद्यार्थीहरुको परिवारलाई इजरायल सरकारले आजीवन भत्ता दिने निर्णय गरेको छ । विद्रोही हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई पनि भत्ता दिने इजरायल सरकारको निर्णय छ ।

नेपालका लागि इजरायलका राजदूत हनान गोदरले मृतकका परिवारलाई इजरायली सरकारले आजीवन भत्ता दिने प्रष्ट पारे ।

‘इजरायलको कानुनले इजरायली र नेपालीलाई समान व्यवहार गर्छ । इजरायली भूमिमा पाहुनाको रुपमा आउदा नेपालीहरुको मृत्यु भएको हो,’ उनले भने,‘त्यसैले इजरायलको सरकारले १० जनाको परिवार र अहिले विद्रोही हमासको कब्जामा रहेको विपिन जोशीको परिवारलाई भत्ता दिन थालिसकेको छ ।’

विद्रोही हमासको आक्रमणद्वारा इजरायलमा कृषि बढ्न गएका विद्यार्थीहरुको मृत्यु भएको थियो । मृत्यु हुनेहहरुमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन् । उनीहरुको परिवारले आजीवन भत्ता पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो। उनीहरू बुधबार चार्टर्ड जहाजबाट काठमाडौं आइपुग्दैछन्। ३७ जना नेपालीलाई निष्कासन गरिएको बारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ। अध्यागमन स्रोतका अनुसार भोलि साढे २ बजेतिर ३७ जना निष्काशित नेपालीलाई ...
दक्षिण कोरियामा अन्तर्राष्ट्रिय शिक्षाको अभिलाषा बोकेर पुगेका हजारौं नेपाली विद्यार्थीको अहिले बिल्लीबाठ भएको छ । मेधावी विद्यार्थीहरूसमेत अवैध कामदारका रूपमा लुकेर बस्न विवश छन् । यो समस्या केही ठग कन्सल्टेन्सीहरूबाट उत्पन्न भएको हो । नेपालमा शैक्षिक परामर्श व्यवसाय एउटा अनियन्त्रित र नाफामुखी धन्दामा परिणत भएको छ । त्यसैको परिणाम आज विद्यार्थी बनेर गएका विद्यार्थी कोरियामा बिचल्लीमा परिरहेका छन् । ‘लाखौं कमाइ’ ...
— भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा दुई साताअघि आएको बाढीमा बेपत्ता भएका नेपालीहरूका आफन्त घर फर्किन थालेका छन् । दुई सातासम्म खोजी गर्दा पनि बेपत्ता भएकाहरू नभेटिएपछि आफन्त घर फर्किन थालेका हुन् । आफन्तहरू धरालीबाट एक दिन पैदल हिँडेरै उत्तरकाशीसम्म र त्यहाँबाट बसमा आउने तयारीसहित हिँडेका हुन् । ‘दुई सातासम्म बगरमा डुल्दा–डुल्दा केही भेटिएन, ...
। अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । यससँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपाली स्वदेश फर्किनैपर्ने भएको छ । नेपालमा सन् २०१५ मा आएको ...
: संयुक्त राज्य अमेरिकाका इजरायलस्थित राजदूत माइक हकाबीले बिपिन जोशीका आमा र बहिनीसँग भेटवार्ता गरेका छन्। राजदूत हकाबीले जोशी परिवारप्रति ऐक्यबद्धता जनाउँदै अपहरित सबै बन्दीहरूको तत्काल रिहाइको लागि दबाब बढाउनुपर्ने बताए। 'हमासको कब्जामा रहेका प्रत्येक बन्दीलाई तुरुन्त मुक्त गराउन हाम्रो पनि माग छ। हामीले निरन्तर यसप्रति दबाब दिँदै आएका छौं,' भेटका क्रममा उनले भने। कृषि अध्ययनका ...