मुख्य समाचार
फेला पर्‍यो ५ हजार वर्षअघि प्रयोग भएको विश्वकै पूरानो लिपस्टिक
फेला पर्‍यो ५ हजार वर्षअघि प्रयोग भएको विश्वकै पूरानो लिपस्टिक

। करिब ५ हजार वर्ष अघि प्रयोग गरिएको विश्वकै पूरानो लिपस्टिक फेला परेको छ । खोजकर्ताहरुले दक्षिणी इरानमा गाढा रातो रङको उक्त लिपिस्टिक फेला पारेका हुन् ।

ढुंगाको बोतलभित्र रहेको उक्त लिपिस्टिक सन् २००१ मा एक प्राचीन चिहान उत्खननका क्रममा फेला परेको थियो । तर अनुसन्धानकर्ताहरुले हालैमात्र उक्त वस्तुको पहिचान गर्दै त्यो हालसम्मकै पूरानो लिपिस्टिक भएको पुष्टि गरेका हुन् ।

शोधकर्ताहरुका अनुसार आधुनिक लिपस्टिकभन्दा फरक उक्त प्राचीन लिपिस्टिक लगाउन ब्रसको प्रयोग गरिन्थ्यो ।

उक्त लिपस्टिकको अन्वेषणले तिव्ररुपमा परिवर्तन भैरहेको कास्ययुगमा महिला आकर्षणको सार्वजनिक छवीका विषयमा प्रकाश पारेको शोधकर्ताहरुको भनाई छ ।

शोधकर्तामध्येका एक इटालीस्थित पाडुना विश्वविद्यालयका पुरातत्व विभागका प्राध्यापक मासिमो विडालका अनुसार उक्त लिपस्टिक ५ हजार वर्ष पहिलेका सम्भ्रान्त समाजका महिलाहरुले प्रयोग गर्ने गरेका हुनसक्छन् ।

उक्त ढुंगाको बोलतमा राखिएको लिपस्टिक फेला परेको चिहान इशापूर्वको ३ हजार वर्षअघिको चिहान हो । जुन दक्षिणपूर्वी इरानको केरम्यान प्रान्तस्थित हालिल नदिको नजिकै रहेको छ ।

नदीमा बाढी आएपश्चात् बाहिर निस्किएका धेरै कलाकृतिमध्ये सो लिपस्टिक पनि एक हो । जुन सुरुमा लुटेराहरुको हात परेको थियो र पछि इरानी अधिकारीहरुले जफत गरेका थिए ।

विश्लेषकहरुले उक्त लिपस्टिकलाई कास्ययुगकको शक्तिशाली मारहासी सभ्यतासँग जोडेका छन् जुन उक्त समयमा मेसोपोटामियाको उक्त क्षेत्रमा फस्टाएको थियो । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...