मुख्य समाचार
डुङ्गा दुर्घटनाको तीन दिनपछि समुद्रबाट ११ मछुवाको सकुशल उद्धार, २२ जना अझै बेपत्ता
डुङ्गा दुर्घटनाको तीन दिनपछि समुद्रबाट ११ मछुवाको सकुशल उद्धार, २२ जना अझै बेपत्ता

समुद्रमा डुबेको डुङ्गामा झुण्डिएर तीन दिनको पखाईपछि इन्डोनेसियाका ११ जना मछुवाको सकुशल उद्धार भएको उद्धारकर्ताहरूले बुधबार बताएका छन्।


दक्षिण सुलावेसी प्रान्तको दुर्गम सेलेयार टापु नजिकैको समुद्रमा शनिबार कम्तीमा ३५ जना चालक दलका सदस्य रहेको डुङ्गा डुबेको थियो । डुङ्गामा रहेका ११ जना मछुवा तीन दिनपछि दुई छुट्टाछुट्टै टापुमा फसेको अवस्थामा फेला परेका हुन् ।

खराब मौसमका कारण डुङ्गा पल्टिएको स्थानीय खोज तथा उद्धार निकायले जनाएको छ । स्थानीय सरकारी अधिकारी एन्डी काको आम्रासले एएफपीसँग भने, 'उनीहरु तीन दिनदेखि समुद्रमा तैरिरहेका थिए, पानीको प्रवाहले उनीहरूलाई सेलेयारको पुर्‍याएको थियो ।' ती दुई छुट्टाछुट्टै टापुमा भेटिएका थिए ।



डुङ्गा मार्च ३ मा उत्तरी जकार्ता बन्दरगाहबाट पश्चिम नुसा तेङ्गारा प्रान्तको लोम्बोक टापुतर्फ जाँदै गरेको थियो । नौसेना र उद्धार स्वयंसेवकहरूले खोजी कार्यमा सहयोग गरिरहेका छन् ।

'संयुक्त टोलीले थप खोजी र उद्धार कार्य गर्नेछ भने भेटिएका मछुवालाई उनीहरूको घरतर्फ पठाइएको स्थानीय खोज तथा उद्धार अधिकारी एन्डी रासवानले बताए। उद्धारकर्तालाई घटनास्थल पुग्न पाँच घण्टा लागेको उनले बताए।

सरकारी समाचार संस्था अन्तराका अनुसार स्थानीय मछुवाहरूले उनीहरूलाई देखेपछि र अधिकारीहरूलाई खबर गरेपछि ती व्यक्तिहरूलाई सकुशल उद्धार गरिएको थियो ।

एएफपीसँग कुरा गर्दै अमरासले भने, 'तीन दिनसम्म समुद्रमा लाइफ ज्याकेट लगाएर डुङ्गामा आफूलाई बाँधेर बसेको मछुवाहरूले बताएका छन् ।'

मछुवासहितको घोप्टिएको डुङ्गा पानीमा तैरिँदै सेलेयार टापुमा पुगेको उनले बताए।

अमरासका अनुसार ९३ टन तौल भएको उक्त जहाजमा माछा समात्ने उपकरण, जाल, ढुङ्गा, डोरी, नरिवलको पात र माछा मार्ने रडजस्ता उपकरणहरू थिए ।

डुङ्गामा ३५ जना सवार थिए भने २२ जना हराइरहेका छन् यद्यपि इन्डोनेशियाको उद्धार एजेन्सीले ३७ जना सवार डुङ्गामा रहेका २४ जना हराइरहेको जनाएको छ ।

इन्डोनेसियामा डुङ्गामा वास्तविक यात्रुहरूको सङ्ख्या तोकिएकोभन्दा फरक हुनु सामान्य कुरा मानिन्छ । अधिकारीहरूले मङ्गलबार बिहानै घटनाको बारेमा रिपोर्ट प्राप्त गरे पनि खराब मौसमका कारण उनीहरूको प्रयासमा बाधा पुगेको बताएका छन्।

करिब १७ हजार टापुरहेको दक्षिणपूर्वी एशियाली द्वीप समूह इन्डोनेसियामा सुरक्षा मापदण्डको फितलोपनका कारण पटकपटक समुद्री दुर्घटना हुने गरेको छ ।

सन् २०१८ मा सुमात्रा टापुमा रहेको विश्वको सबैभन्दा गहिरो तालमा डुङ्गा डुब्दा १५० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...