मुख्य समाचार
क्लासिक भ्यु रिसोर्टमा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डको लगानी
क्लासिक भ्यु रिसोर्टमा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डको लगानी

। नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले क्लासिक भ्यु रिसोर्टमा लगानी गरेको छ ।

ग्लोबल इक्विटी फन्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्द्धन गरिएको उक्त फन्डले लक्जरी किसिमको यो रिसोर्टमा लगानी गरेको हो । काठमाडौं बूढानीलकण्ठ पहाडमा अवस्थित क्लासिक भ्यु रिसोर्ट लक्जरी पर्यावरण–मैत्री रिसोर्ट हो ।


हाल रिसोर्ट निर्माण अन्तिम चरणमा रहेको छ । २०२४ जुनमा ‘सफ्ट ओपनिङ’ गर्ने गरी काम भइरहेको रिसोर्टले जनाएको छ ।

शिवपुरी जंगलको रमणीय दृश्यसाथ पर्यटकलाई अनुपम अनुभव प्रदान गर्ने यो उच्चस्तरको पर्यावरणमैत्री रिसोर्ट भएको कम्पनीको दाबी छ ।


फन्डबाट प्राप्त रकम रिसोर्ट निर्माण प्रक्रियालाई अन्तिम रूप दिन र अन्तर्राष्ट्रिय मापदण्ड र प्रोटोकल अनुरूप अन्तर्राष्ट्रिय फ्रान्चाइज रिसोर्टमा ल्याउन प्रयोग गरिने बताइएको छ ।

यस लगानीबाट एनआईआईएफले प्रिमियम लक्जरी पर्यावरणमैत्री रिट्रिट गन्तव्य स्थापना गरी नेपालको पर्यटन क्षेत्रमा योगदान दिन खोजेको लगानीकर्ताले बताएका छन् ।

ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले यस साझेदारी नेपालमा दिगो पर्यटन विकास प्रवद्र्धन गर्ने प्रतिबद्धताको एक उदाहरण भएको बताए ।

‘रिसोर्ट घरेलु र अन्तर्राष्ट्रिय पाहुनाहरूका लागि प्रमुख गन्तव्य बन्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘हाम्रो यो लगानीले आकर्षक प्रतिफल दिनेमात्र नभई स्थानीय अर्थतन्त्र र समुदायमा दिगो सकारात्मक प्रभाव पार्ने गरी नेपालको पर्यटन क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुयाउनेमा हामी विश्वस्त छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा बिक्री गर्ने, मूल्य नतोक्ने प्रष्ट पारेको छ । नेप्सेका नाममा सामाजिक सञ्जालहरूमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप्स, सेयर किनबेचका सिफारिस लगायत झुटा दाबी गरेको पाइएपछि सर्वसाधारणलाई भ्रममा नपर्न नेप्सेले आग्रह गरेको हो । यस्ता ...
— मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) नेपालले १५ करोड ४५ लाख अमेरिकी डलर (२१ अर्ब ६३ करोड रुपैयाँ) को प्रसारण लाइन निर्माण सम्झौता गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमसीए नेपाल र निर्माणपक्षबीच सम्झौता भएको हो । संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा ...
। नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) ले डोल्मा इम्प्याक्ट फन्डसँगको सहकार्यमा ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने घोषणा गरेको छ । यो परियोजना हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवद्र्धनमा स्थापित एनआईआईएफको प्रबन्धक ग्लोबल इक्विटी फन्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फन्डसँग सहकार्य गर्दै ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा महत्त्वपूर्ण ...
— चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको ११ दिन बितेको छ । राजमार्गको कोदारी भन्ने स्थानमा लगातार पहिरो गएको छ । तर रोकथामका लागि प्रभावकारी रुपमा काम हुन नसकेको गुनासो व्यवसायीले गरेका छन् । व्यवसायीले सडक बन्द भएपछि चीनबाट आयात गरिएको मालवस्तु बोकाएरै पहिरो पार गराउन थालेका छन् । सीमा क्षेत्रमा ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मल अभाव हुन नदिन विशेष ध्यान दिएको जनाउँदै आइतबार फेसबुक पेजमा लेखे, ‘कृषि मन्त्रालयले जानकारी दिएअनुसार तत्काल २८ हजार ८ सय २४ टन मल मौज्दात छ । १ लाख ४० हजार ५ सय ४ टन आउने क्रममा छ ।’ कतै मल अभाव महसुस भए सम्बन्धित निकायमा जानकारी गराउन उनले भनेका छन् । ‘कृषि ...