मुख्य समाचार
हेटौंडाका विपन्न १९ छात्रालाई जापानमा निःशुल्क अध्ययनको व्यवस्था
हेटौंडाका विपन्न १९ छात्रालाई जापानमा निःशुल्क अध्ययनको व्यवस्था

: हेटौंडा उपमहानगरपालिकामा स्थायी बसोबास गर्ने १९ जना विपन्न छात्रालाई निःशुल्क रुपमा अध्ययनका लागि जापान पठाइने भएको छ।


जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल विद्यालयले हेटौंडा उपमहानगरपालिकाको प्रत्येक वडाका एक/एक जना विपन्न छात्राहरूलाई अध्ययनका लागि सत प्रतिशत छात्रवृत्तिको व्यवस्था मिलाउने भएको हो।

जापानस्थित उक्त विद्यालयका प्रमुख र उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँबीच केही दिनअघि विपन्न छात्राहरूलाई छात्रवृत्तिमार्फत् जापान अध्ययनका लागि पठाउने विषयमा सहमति भएको उपमहानगरपालिकाले जनाएको छ।



छलफलमा जापानस्थित विद्यालयका समन्वयकारी भूमिकामा रहेका सागर सापकोटाले कक्षा १२ पास गरेका र आर्थिक रुपले विपन्न १९ जना छात्रालाई सत प्रतिशत छात्रवृत्ति दिएर केयर गिभरको कोर्ष अध्ययनको प्रबन्ध मिलाउने बताए।

उनले भने, ‘हामी ३ वर्षे कोर्षका लागि निःशुल्क छात्रवृत्ति दिएर छात्राहरूलाई जापानमा अध्ययनको प्रबन्ध मिलाउँछौँ। जसले गर्दा उहाँहरूले आर्थिक अभावका कारण अध्ययन छाड्नुपर्ने अवस्था पनि रहँदैन। त्यहाँ विभिन्न ज्ञान सिप आर्जन गरी उहाँहरू भविष्यमा पुनः नेपाल फर्किएर केही गर्न सक्ने दक्ष जनशक्ति बन्नुहुनेछ।’

सापकोटाले त्यसका लागि उपमहानगरपालिकाले आर्थिक रुपमा विपन्न छात्राहरूको पहिचान गरी कम्तिमा पनि जापनिज भाषा अध्ययनको प्रबन्ध मिलाइदिनुपर्ने बताए। उपमेयर राजेश बानियाँले विपन्न छात्राहरूका लागि यो राम्रो अवसर भएको र उपमहानगरपालिकाले त्यसका लागि आवश्यक तयारी भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हरेक वर्ष वसन्त ऋतु आगमनसँगै फुल्ने साकुराले यतिबेला जापानको सौन्दर्य बढाएको छ । साकुराले पुरातन समयदेखि वसन्त ऋतु आगमनको संकेत गर्दछ । यो जापानको राष्ट्रिय फूल समेत हो । कम आयु लिएर फूल्ने साकुरा हरेक वर्ष मार्चदेखि अप्रिलको दोस्रो हप्तासम्म फूल्छ । जापानका पार्कहरु यतिबेला गुलाबी र सेतो रंगका फूलहरुले रंगिएका छन् । साकुरा फूलेसँगै जापानीहरु ...
: जापानमा हेलिकोप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। अन्य ३ जनाको जीवितै उद्धार गरिएको एपीले जनाएको छ। मेडिकल प्रायोजनका निम्ति प्रयोग हुने उक्त हेलिकोप्टर जापानको दक्षिणी क्षेत्रमा पर्ने समुन्द्रमा खसेको थियो। जापानी अधिकारीहरूका अनुसार पाइलट हिरोसी हामाडा, प्राविधिक कजुटो योशिताके र २८ वर्षीय नर्स साकुरा कुनिताकेको उद्धार गरिएको हो। मृत्यु हुनेमा ३४ वर्षीय डा. ...
: जापान सरकारले प्रदान गर्ने छात्रवृत्ति पाएका नेपाली विद्यार्थीहरूको बिदाइ गरिएको छ। नेपालस्थित जापानी राजदूत माएदा तोरुले शुक्रबार स्नातक, स्नातकोत्तर र विशेष तालिमका लागि छात्रवृत्ति पाएका नेपालीहरूको बिदाइ गरेका हुन्। जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयले उक्त छात्रवृत्ति ६ जना नेपालीलाई प्रदान गरेको छ। जापानले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको एक वर्षपछि सन् ...
: जापानले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गलत कागजात पेस गरेको आरोपमा उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो निष्कासनमा पर्नेमा चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर र भट्टचन थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई आइतबार नेपाल फर्काइएको हो। स्रोतका अनुसार दुई जनालाई थाइ एयरको विमानबाट र तीन जनालाई श्रीलंकन एयरलायन्सको विमानबाट काठमाडौं फर्काइएको हो। झुटो कागजात ...
। जापानको नागाइजुमीमा रहेको झण्डै एउटा पत्रिका जत्रै आकारको एउटा पार्कले विश्वकै सबैभन्दा सानो पार्कको रुपमा गिनिज बुकमा नाम लेखाएको छ । २.६ वर्गफिट आकारको यो पार्कमा घाँसको एउटा सानो गाज, ढुंगाका केही टुक्रा र आगन्तुकका लागि बस्ने एउटा टूल रहेको छ । यो पार्क त्यहाँ सन् १९८० को दशकदेखि नै रहेको भएपनि हालैमात्र यसले विश्वको ...