मुख्य समाचार
साइप्रस हुँदै गाजाका लागि सहायता पठाउने तयारी
साइप्रस हुँदै गाजाका लागि सहायता पठाउने तयारी

अमेरिकी परोपकारी संस्था ‘वल्र्ड सेन्ट्रल किचेन’ ले गाजाका लागि साइप्रसको बाटो सहायता पठाउन लागिएको शनिबार बताएको छ। गाजाबाट सबैभन्दा नजिकको युरापेली सङ्घको सदस्य राष्ट्र साइप्रसको लार्नाका बन्दरगाहमा तीन साताअघि स्पेनको ध्वजाबाहक जहाज ‘ओपन आर्म्स’ डुबेको थियो।


‘वल्र्ड सेन्ट्रल किचेन’को टोली साइप्रसमा मानवीय सहायताका सामानहरू उत्तरी गाजातर्फ जाँदै गरेको डुङ्गामा लोड गरिरहेको छ', संस्थाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

'हामी हाम्रो विश्वासिलो गैरसरकारी संस्था साझेदार ‘ओपन आर्म्स’सँग समुद्री सहायता करिडोर खोल्नका लागि हप्तौंदेखि तयारी गरिरहेका छौं जसले हामीलाई यस क्षेत्रमा हाम्रो प्रयासलाई विस्तार गर्न अनुमति दिने विश्वास गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।



इजरायल–हमास युद्धको पाँच महिनाभन्दा बढी समय बितिसक्दा पनि गम्भीर मानवीय अवस्थाका कारण केही देशले खाद्यान्न र अन्य सहायता ढुवानी गर्न बाध्य भएको गाजाका जनताका लागि आवश्यक सामग्रीले भरिएको बार्ज निर्माण गर्ने योजना रहेको च्यारिटीले जनाएको छ।

'गाजामा मानवीय सामुद्रिक करिडोर स्थापना गर्ने प्रयासमा प्रगति भइरहेको छ, र हाम्रो सयौँ टनले भरिएको जहाज प्यालेस्टिनी नागरिकका लागि खाना, पानी र महत्वपूर्ण आपूर्तिको क्षणको सूचनाका लागि पर्खिरहेको छ,' ‘ओपन आर्म्स’ ले सामाजिक सञ्जाल एक्समा भनेको छ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले आइतबार लार्नाबाट सामुद्रिक करिडोर खुल्ने आशा व्यक्त गरेकी छन्।

उनले संयुक्त अरब इमिरेट्स (युएई) को सहयोगमा शुक्रबार ‘पाइलट अपरेसन’ सुरु गरिने बताएकी छन्। यसले ‘गाजाका जनताका लागि सामानको धेरै ढुवानीमध्ये पहिलो’ ढुवानीलाई सुनिश्चत गरेको छ।

गाजामा कुनै पनि बन्दरगाहहरू सञ्चालनमा छैनन् र अधिकारीहरूले प्रारम्भिक ढुवानीहरू कहाँ जानेछन्, ती इजरायलद्वारा निरीक्षणको अधीनमा रहनेछन् वा कसले सहायता वितरण गर्नेछन् भन्ने बारे केही बताएनन्।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गाजामा ‘अस्थायी स्टेशन’ स्थापना गर्ने अमेरिकी योजनामा ६० दिन लाग्ने र त्यसमा एक हजारभन्दा बढी अमेरिकी सैनिक संलग्न हुने जनाएको छ।

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको अकल्पनीय आक्रमणबाट गाजा युद्ध शुरु भएको थियो। आक्रमणमा एक हजार १६० जनाको मृत्यु भएको थियो भने करिब २४० जनालाई आक्रमणपछि बन्धक बनाइएको इजरायली तथ्याङ्कले देखाउँछ।

आक्रमणको लगत्तै हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता व्यक्त गर्दै इजरायलले निरन्तर सैन्य आक्रमण गरेको छ। हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कम्तीमा ३० हजार ८७८ व्यक्तिको मृत्यु भएको छ।

सन् २००५ मा गाजाबाट पछि हटेको तर आफ्नो हवाई क्षेत्र र क्षेत्रीय जलक्षेत्रमा नियन्त्रण कायम राखेको इजरायलले योजनाबद्ध सामुद्रिक करिडोरको ‘स्वागत’ गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...