मुख्य समाचार
मैत्रीपूर्ण टी-२० खेलमा हङकङसँग नेपाल पराजित
मैत्रीपूर्ण टी-२० खेलमा हङकङसँग नेपाल पराजित

: मैत्रीपूर्ण टी-२० आईको पहिलो खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ। २१३ रनको लक्ष्य पछ्याएको नेपालले १६ दशमलव ४ ओभरमा १३९ बनाएर अलआउट भएको हो।


विनोद भण्डारीले ४२,आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाए। घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने योजना अन्तर्गत दोस्रो चरणको काम आगामी आवमा गर्ने भएको छ । सहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार काठमाडौंको शंखरापुर नगरपालिकामा जरहसिंह पौवा स्टेडियम निर्माण थाल्ने समेत मन्त्रालयको योजना छ । अहिले मन्त्रालयले त्रिवि मैदानमा पहिलो चरणको कामअन्तर्गत प्याराफिट निर्माणको काम गरिरहेको ...
। एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफमा लगातार दुई खेल जितेपछि एसियन कप पुग्नका लागि उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल हुने भएको छ । उज्बेकिस्तानमै भएको छनोटमा नेपाल र घरेलु टोली दुवैले लगातार दुई खेल जित्दै समान ६ अंक जोडेका छन् । अब यी दुई टोली समूह विजेता बनेर अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसियन ...
। बंगलादेश पहिलोपटक एएफसी महिला एसियन कपमा छनोट भएको छ। बुधबार भएको समूह ‘सी’ को खेलमा तुलनात्मक रूपमा बलियो टोली म्यानमारलाई २–१ ले हराउँदै बंगलादेश छनोट भएको हो । बंगलादेशको जितमा स्टार खेलाडी रितु पोर्ना चक्माले २ गोल गरेकी थिइन् । फिफा वरियतामा बंगलादेशभन्दा ७३ स्थान माथि रहेको म्यानमारले अन्त्यतिर गोल फर्काएपनि हार भने टार्न सकेन ...
। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईविरुद्ध दायर गरिएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ । गएको फागुनमा एन्फाका पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि गाली बेइज्जती गरेको भन्दै महासचिव राईविरुद्ध मुद्दा दायर गरेका थिए। असार १८ गते न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त मुद्दामा फैसला सुनाउँदै वादी थापाको दाबी नपुग्ने ठहर गरेको ...
। कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ । तास्केन्तस्थित मिल्ली स्टेडियमा भएको खेलमा नेपालले ८-० को जित निकालेको हो। नेपालका लागि साम्बाको ३ गोलसँगै गिता रानाको २ गोल तथा निशा थोकर, रेखा पौडेल र पुजा ...