मुख्य समाचार
टेलिकमको कार्यालय बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खुला
टेलिकमको कार्यालय बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खुला

— सरकारी कार्यालय बिहान १० बजेदेखि ५ बजेसम्म मात्रै चल्छन् । सार्वजनिक बिदा र शनिबार बन्द हुन्छन् । तर नेपाल टेलिकम बागलुङले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्मै सेवा संचालनमा ल्याएको छ ।

फागुनको ८ गतेदेखि शनिबार र सार्वजनिक बिदाको दिन बिहान १० बजेदेखि ५ बजेसम्म र कार्यालय खुल्ने दिन बिहानैदेखि बेलुकीसम्म सेवा संचालनमा ल्याएको कार्यालय प्रमुख सन्तोष बरालले बताए ।



विशेषगरी सेवाग्राहीको सिम कार्ड लिने र इन्टरनेट सेवाको काम र मर्मत सेवा जतिबेला पनि पर्ने भएपछि कार्यालयले सार्वजनिक बिदा भनेर कार्यालय बन्द नगर्ने भएको हो । ‘न्युनतम एकजना प्राविधिक र एकजना प्रशासनिक कर्मचारी जुनसुकै बेला कार्यरत हुने गरी खटाइएको छ’ बरालले भने, ‘टेलिफोन र इन्टरनेटको समस्या आएर कोही रोकिनुपर्दैन ।’ जानकारी पाउनासाथ प्राविधिक पुगेर तथा कार्यालयबाट पनि सेवा दिने उनले बताए ।

फाइवर सेवामा अवरोध आउँदा तत्काल सेवा दिन नसकेमा उपभोक्तालाई असर पर्ने भएकोले यो सेवा थालिएको उनको भनाइ छ । ग्राहकको काउन्टर नियमित खुल्दा सेवाग्राहीले पनि सहजै सेवा पाएका छन् । बागलुङ सहित साविकको धौलागिरि क्षेत्रका ४ जिल्लाका अधिकांश स्थानमा ४ जी र बजार क्षेत्रमा फाइवर इन्टरनेट सेवा संचालनमा छ ।

टेलिकमले मर्मतकालागि प्रविधि र उपकरण तथा सामाग्रीहरु उज्यालो छउन्जेल नियमित खटाउने गरेको हो । बागलुङ शाखाले आफ्नो सेवाप्रवाहलाई उपशाखाको रुपमा पर्वत, म्याग्दी र मुस्ताङमा पनि शुरु गरिसकेको छ । यसरी सेवा संचालन गरेकोमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले टेलिकम शाखाका प्रमुख बराल र कार्यालयको टिमको सेवाको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय विपद् व्यवस्थापन परिषदले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउने लगायतका आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज सहरी विकास मन्त्रालयमा बसेको परिषदको बैठकले केही दिनयता देशका धेरै स्थानमा भइरहेको वर्षापछिको सम्भावित जोखिमलाई ध्यान दिँदै यस्तो निर्णय गरेको हो। परिषदको बैठकले जोखिम भएको ठाउँमा रातको समयमा ...
। सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्‍द गर्ने चेतावनी दिएका छन् । रुपन्देहीमा आयोजित फोनिजको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने चेतावनी दिए । उनले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म ...
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ। ९ चैत, काठमाडौं । ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो। मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान ...
— भिडियो सेयरिङ प्लाटफर्म टिकटक बेच्न दबाब दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थपेको समयसीमा सकिन दुई साता मात्रै बाँकी छ । यो अवधिमा टिकटक किन्न ओर्‍याकल, वालमार्टजस्ता ठूला प्रविधि कम्पनी अघि सरेका छन् । तर, स्वामित्वकर्ता चिनियाँ कम्पनी बाइटडान्सले टिकटक बेच्नुभन्दा बरु अमेरिकामा व्यवसाय नै बन्द गर्न ज्यादा रुचि देखाएको छ । योसँगै झन्डै १८ करोड प्रयोगकर्तासहित अमेरिकामा लोकप्रिय ...
— चर्चित प्रविधि कम्पनी नोकियाले चन्द्रमामा फोरजी एलटीई मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको छ । तर यसबाट फोन कल भने हुन नसकेकोमा कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले चन्द्रमामा आफ्नो नेटवर्क सञ्चालनका केही महत्वपूर्ण पक्षहरूमा सफलता हासिल गरेको विज्ञप्तिमा जनाएको छ । यसमा चन्द्रमाबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसन र मिसन कन्ट्रोल सेन्टरमा सफलतापूर्वक डेटा तथा ...