मुख्य समाचार
दैलेखमा पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरण रुपैडिया नाकामै थन्किए
दैलेखमा पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरण रुपैडिया नाकामै थन्किए

— पेट्रोलियम पदार्थको अन्वेषण गर्न ल्याइएका ड्रिलिङ मेसिनहरू नेपालगन्जको रुपैडिया नाकामा थन्किएका छन् । चीनबाट भारतको कोलकाता हुँदै बुधबार रुपैडिया नाकामा पुगेका १० ट्रक सामान भन्सार छुटको पत्र नभएपछि नाकामै रोकिएका हुन् ।

खानी तथा भूगर्भ विभाग कार्यालयले अर्थ मन्त्रालयले समयमै भन्सार छुटको पत्र विभागका नाममा नपठाएकाले सामान नाकामा अलपत्र परेको बताएको छ ।



माघ २१ गते अर्थ मन्त्रालयमा खानी तथा भूगर्भ विभागले पेट्रोलियम अन्वेषण परियोजनाका नाममा सम्पूर्ण कर तथा महसुल छुट दिने भन्ने पत्र पठाएको थियो । अन्वेषण परियोजना प्रमुख दिनेश नापितले अर्थ मन्त्रालयले समयमै भन्सार छुटको निर्णय नगरिदिँदा ट्रान्सपोर्ट कम्पनीलाई लाखौंको पेनाल्टी तिर्नु पर्ने बताए । उनले भने, ‘ढोकैमा आएको सामानको पनि दोहोरो भाडा तिर्नु पर्ने भयो ।’

२०८० असोज २२ गते गरेको पहिलो चरणको निर्णयमा चाइना जियोजिकल सर्भेका नाममा निर्णय भएको थियो तर परियोजनाले खानी तथा भूगर्भ विभागको नाममा हुनु पर्ने भन्दै अर्थ मत्रालयमा माघ २१ गते अर्को पत्र पठाएको थियो । 'पत्रमा नाम परिवर्तन गरेको निर्णय गरिदिए भन्सारबाट धमाधम सामान जान्छ । एउटा पत्रका कारण सामान रोकिनु नपर्ने हो,' परियोजना प्रमुख नापित भन्छन्, ‘चिनियाँ टोलीले हामीलाई फेलर भनिसक्यो ।’

दैलेखमा ९ जना चिनियाँ प्राविधिक टोली पुगेको छ । २०२२ मा सक्ने गरी सम्झौता गरिएको आयोजना ड्रिलिङ प्रक्रियामै थन्किएको छ । नेपाल र चीन सरकारबीच सन् २०१७ मा परियोजनामा सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा बिक्री गर्ने, मूल्य नतोक्ने प्रष्ट पारेको छ । नेप्सेका नाममा सामाजिक सञ्जालहरूमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप्स, सेयर किनबेचका सिफारिस लगायत झुटा दाबी गरेको पाइएपछि सर्वसाधारणलाई भ्रममा नपर्न नेप्सेले आग्रह गरेको हो । यस्ता ...
— मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) नेपालले १५ करोड ४५ लाख अमेरिकी डलर (२१ अर्ब ६३ करोड रुपैयाँ) को प्रसारण लाइन निर्माण सम्झौता गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमसीए नेपाल र निर्माणपक्षबीच सम्झौता भएको हो । संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा ...
। नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) ले डोल्मा इम्प्याक्ट फन्डसँगको सहकार्यमा ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने घोषणा गरेको छ । यो परियोजना हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवद्र्धनमा स्थापित एनआईआईएफको प्रबन्धक ग्लोबल इक्विटी फन्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फन्डसँग सहकार्य गर्दै ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा महत्त्वपूर्ण ...
— चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको ११ दिन बितेको छ । राजमार्गको कोदारी भन्ने स्थानमा लगातार पहिरो गएको छ । तर रोकथामका लागि प्रभावकारी रुपमा काम हुन नसकेको गुनासो व्यवसायीले गरेका छन् । व्यवसायीले सडक बन्द भएपछि चीनबाट आयात गरिएको मालवस्तु बोकाएरै पहिरो पार गराउन थालेका छन् । सीमा क्षेत्रमा ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मल अभाव हुन नदिन विशेष ध्यान दिएको जनाउँदै आइतबार फेसबुक पेजमा लेखे, ‘कृषि मन्त्रालयले जानकारी दिएअनुसार तत्काल २८ हजार ८ सय २४ टन मल मौज्दात छ । १ लाख ४० हजार ५ सय ४ टन आउने क्रममा छ ।’ कतै मल अभाव महसुस भए सम्बन्धित निकायमा जानकारी गराउन उनले भनेका छन् । ‘कृषि ...