मुख्य समाचार
सिङ्गापुरमा कर्मचारी अवकाशको उमेर ६४ वर्षमा पुर्‍याउने
सिङ्गापुरमा कर्मचारी अवकाशको उमेर ६४ वर्षमा पुर्‍याउने

: सिङ्गापुरले सन् २०२६ मा कर्मचारीको सेवानिवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्षमा पुर्‍याउने घोषणा गरेको छ। सिङ्गापुरका जनशक्ति मन्त्री तान सी लेङले सोमबार संसद्मा कर्मचारीको सेवानिवृत्तिको उमेर ६४ वर्षमा पुर्‍याउने घोषणा गरेका हुन्।


उनले पुन: अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पुर्‍याउने पनि बताए । सन् २०२३ जुनसम्ममा सिङ्गापुरका लगभग २० प्रतिशत नागरिक ६५ वर्ष र सोभन्दा माथिका थिए। कुल प्रजनन दर गत वर्ष ०.९७ मा झरेको थियो । सो प्रजनन दर देशको इतिहासमा पहिलो पटक १ अङ्कभन्दा तल झरेको थियो। -रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बंगलादेशमा जुन महिनामा डेंगीका संक्रमित बढ्दा यस वर्ष अहिलेसम्म १० हजारभन्दा बढी संक्रमित हुनुका साथै ४२ जनाको मृत्यु भएको जनाइएको छ । मे महिनामा एक हजार सात सय ७३ मानिस भाइरल रोगबाट संक्रमित भएपछि जुनसम्म पाँच हजार नौ सय ५१ थप डेंगीका घटनाहरू रेकर्ड गरिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशालय (डिजिएचएस) ले सोमबार सार्वजनिक ...
— अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा ६० दिनको युद्धविरामलाई अन्तिम रुप दिनका लागि इजरायलले आवश्यक सर्तमा सहमति दिएको बताएका छन् । ट्रम्पले ट्रुथ सोसियलमा एक पोस्टमा लेखेका छन्, ‘हामी युद्ध अन्त्यका लागि सबै पक्षसँग मिलेर काम गर्नेछौं ।’ यद्यपि उनले सर्तबारे कुनै जानकारी भने दिएका छैनन् । उनले लेखेका छन्, ‘कतार र मिश्रले शान्ति स्थापनाका लागि धेरै मेहनत ...
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...