मुख्य समाचार
साफ यु-१६ मा नेपाल बंगलादेशसँग पराजित
साफ यु-१६ मा नेपाल बंगलादेशसँग पराजित

: काठमाडौंमा जारी साफ यु-१६ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको हो। बंगलादेशको जितमा सौरभी प्रितीले दुवै गोल गरिन्।

खेलको २५औं मिनेटमा उनले बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। त्यस्तै पेनाल्टीमार्फत् ३१औं मिनेटमा उनले बंगलादेशका लागि दोस्रो गोल गरिन्।

अब नेपालले दोस्रो खेल फागुन २१ गते भुटानसँग खेल्ने छ। लिगचरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ। शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तीन खेलको टी–२० शृङ्खलाको अन्तिम खेल शनिबार केर्न्सको केजली स्टेडियममा खेलिएको थियो। खेलमा आयोजक अष्ट्रेलियाले २ विकेटले रोमाञ्चक जित हासिल गर्‍यो। दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई जित्नका लागि १७३ रनको लक्ष्य दिएको थियो। अस्ट्रेलियाले एक बल बाँकी रहँदा हासिल गर्‍यो। यो जितसँगै अष्ट्रेलियालीले टी–२० शृङ्खला २–१ ले जितेको छ। टी–२० अन्तर्राष्ट्रिय ...
: एसिया कप २०२५ का लागि पाकिस्तानी क्रिकेट टोलीको घोषणा गरिएको छ। आइतबार गरिएको टोलीको घोषणा अनुसार प्रतियोगितामा सलमान अली आघाले पाकिस्तानी टोलीको कप्तानी गर्नेछन्। स्टार खेलाडी बाबर आजम र मोहम्मद रिजवानले १७ सदस्यीय पाकिस्तानी टोलीमा स्थान पाएका छैनन्। बाबर र रिजवानले पछिल्ला केही टी–२० शृङ्खलामा मौका पाएनन्। उनीहरूलाई एसिया कपमा पनि टिममा राखिएको छैन। ...
: भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप खेल्न जाने यू–१७ राष्ट्रिय महिला टिमको बिदाइ गरिएको छ। आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका पदाधिकारीहरूले यू–१७ राष्ट्रिय महिला टिमलाई बिदाइ गरेका हुन्। बिदाइ कार्यक्रममा यू–१७ राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले गत वर्ष नेपालमै भएको साफ यू–१६ महिला च्याम्पियनसिपको टिम भन्दा अहिलेको यू–१७ टिम राम्रो बनेको बताए। ...
: टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। डार्विनको मरारा क्रिकेट मैदान २ मा भएको खेलमा नेपालले बंगलादेश एसँग ३२ रनले पराजित भएको हो। नेपालका मिडलअर्डर ब्याटर कुशल मल्लको अर्धशतकीय पारीले पनि नेपाललाई हारबाट बचाउन सकेन । बंगलादेश एले दिएको १८७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: यो सातादेखि प्रीमियर लिग सुरु हुँदैछ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले शुक्रबार एन्फिल्डमा बोर्नमाउथको सामना गर्दैछ। म्यान्चेस्टर युनाइटेडले आर्सनलको स्वागत गर्नेछ भने लिड्स युनाइटेडले इभर्टनलाई स्वागत गर्दै शीर्ष लिगमा फर्किने लक्ष्यमा छन्। प्रीमियर लिगको २०२५–२६ सिजनमा केही नयाँ परिवर्तन भएका छन्। यो सिजनमा धेरै रोचक र नयाँ अनुभव हुने जनाइएको छ। नयाँ प्रबंधक र ...