मुख्य समाचार
युक्रेनलाई मिसाइल दिने विषयमा जर्मनीमा भइरहेको भिडियो कन्फरेन्स रुसद्वारा ह्याक
युक्रेनलाई मिसाइल दिने विषयमा जर्मनीमा भइरहेको भिडियो कन्फरेन्स रुसद्वारा ह्याक

रुसले जर्मनीमा भएको महत्वपूर्ण बैठकको कुराकानी ह्याक गरेको छ । जर्मनीले पनि यो ह्याकिङ भएको स्वीकार गरेको छ। बैठकमा जर्मन अधिकारीहरूले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने र त्यसको सम्भावित लक्ष्यबारे कुरा गरिरहेका थिए।


रुसको आधिकारिक आरटी च्यानलले सो भिडियो कन्फ्रेन्सको अडियो सामाजिक सञ्जालमा पोस्ट गरेको छ । यस पोष्टमा जर्मन अधिकारीहरूले केर्च ब्रिजलाई लक्षित गर्ने मिसाइलको बारेमा छलफल गरिरहेका छन्। यो ब्रिजले रुस र क्रिमियालाई जोड्छ।

रुसी नेताहरूले यो अडियोले रुसका कट्टर दुस्मनहरुले आफ्नो देशमा आक्रमण गर्ने योजना बनाइरहेको कुरा प्रष्ट हुने बताएका छन्।



जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जले शनिबार उक्त अडियो लिक हुनु धेरै गम्भीर कुरा भएको बताएका छन्। यसको अनुसन्धान गम्भीरता र तीव्रताका साथ भइरहेको उनले बताए ।

'डा स्पिगल म्यागजिन'का अनुसार यो भिडियो कन्फरेन्स जर्मन सेनाको गोप्य आन्तरिक नेटवर्कमा नभई वेभ एक्स प्लेटफर्ममा भएको थियो। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा ६० दिनको युद्धविरामलाई अन्तिम रुप दिनका लागि इजरायलले आवश्यक सर्तमा सहमति दिएको बताएका छन् । ट्रम्पले ट्रुथ सोसियलमा एक पोस्टमा लेखेका छन्, ‘हामी युद्ध अन्त्यका लागि सबै पक्षसँग मिलेर काम गर्नेछौं ।’ यद्यपि उनले सर्तबारे कुनै जानकारी भने दिएका छैनन् । उनले लेखेका छन्, ‘कतार र मिश्रले शान्ति स्थापनाका लागि धेरै मेहनत ...
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...