मुख्य समाचार
नेपालमा बिजुली उत्पादन क्षमता २८ सय मेगावाट माथि
नेपालमा बिजुली उत्पादन क्षमता २८ सय मेगावाट माथि

। चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा ६१.३७ मेगावाट बिजुली थपिएको छ ।

अर्थ मन्त्रालयको विवरण अनुसार पुस २०८० सम्म विद्युत् उत्पादन क्षमता २८२८.९९ मेगावाट पुगेको छ । यो असार मसान्तसम्मको तुलनामा ६१.३७ मेगावाट* धेरै हो ।


असार मसान्तसम्म २७६७.६२ मेगावाट उत्पादन क्षमता रहेको अर्थ मन्त्रालयको वार्षिक विवरणमा उल्लेख छ ।

नेपालमा अहिले ९५ प्रतिशत विद्युतीकरण कार्य सम्पन्न भएको समेत अर्थको तथ्यांकमा उल्लेख छ ।


अर्थ मन्त्रालयले ६ महिनाको अर्थतन्त्रको प्रमुख झलक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

अहिले नेपाल विद्युत् प्राधिकरणबाट ६६१.५७ मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४७८.१ मेगावाट, निजी क्षेत्रबाट १६२१.३८ मेगावाट, निजी सोलार विद्युत् ६१.९४ र बगास (उखुको खोस्टा) बाट ६ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । कुल विद्युत् उत्पादनमध्ये सरकारी क्षेत्रबाट भएको उत्पादनको हिस्सा ४०.३ प्रतिशत हो ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष भित्र कुल ९ सय मेगावाट क्षमताको थप जलविद्युत् उत्पादन भई राष्ट्रिय प्रसारणलाइनमा जोडिने सम्भावना छ ।

(*अन्यथा भएकोमा सच्याइएको छ)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा बिक्री गर्ने, मूल्य नतोक्ने प्रष्ट पारेको छ । नेप्सेका नाममा सामाजिक सञ्जालहरूमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप्स, सेयर किनबेचका सिफारिस लगायत झुटा दाबी गरेको पाइएपछि सर्वसाधारणलाई भ्रममा नपर्न नेप्सेले आग्रह गरेको हो । यस्ता ...
— मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) नेपालले १५ करोड ४५ लाख अमेरिकी डलर (२१ अर्ब ६३ करोड रुपैयाँ) को प्रसारण लाइन निर्माण सम्झौता गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमसीए नेपाल र निर्माणपक्षबीच सम्झौता भएको हो । संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा ...
। नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) ले डोल्मा इम्प्याक्ट फन्डसँगको सहकार्यमा ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने घोषणा गरेको छ । यो परियोजना हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवद्र्धनमा स्थापित एनआईआईएफको प्रबन्धक ग्लोबल इक्विटी फन्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फन्डसँग सहकार्य गर्दै ९० मेगावाटको सौर्य ऊर्जा परियोजनामा महत्त्वपूर्ण ...
— चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको ११ दिन बितेको छ । राजमार्गको कोदारी भन्ने स्थानमा लगातार पहिरो गएको छ । तर रोकथामका लागि प्रभावकारी रुपमा काम हुन नसकेको गुनासो व्यवसायीले गरेका छन् । व्यवसायीले सडक बन्द भएपछि चीनबाट आयात गरिएको मालवस्तु बोकाएरै पहिरो पार गराउन थालेका छन् । सीमा क्षेत्रमा ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मल अभाव हुन नदिन विशेष ध्यान दिएको जनाउँदै आइतबार फेसबुक पेजमा लेखे, ‘कृषि मन्त्रालयले जानकारी दिएअनुसार तत्काल २८ हजार ८ सय २४ टन मल मौज्दात छ । १ लाख ४० हजार ५ सय ४ टन आउने क्रममा छ ।’ कतै मल अभाव महसुस भए सम्बन्धित निकायमा जानकारी गराउन उनले भनेका छन् । ‘कृषि ...