मुख्य समाचार
‘नेपालका बैंक डुब्ने स्थितिमा छैनन्, राष्ट्र बैंकले सुक्ष्म रुपमा हेरिरहेको छ’
‘नेपालका बैंक डुब्ने स्थितिमा छैनन्, राष्ट्र बैंकले सुक्ष्म रुपमा हेरिरहेको छ’

— नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा नेपालका कुनै पनि बैंक डुब्ने स्थितिमा नरहेको दाबी गरेका छन् । सहकारीमा आएको समस्याका कारण बैंक तथा वित्तीय संस्था केही प्रभावित भएपनि डुब्ने अवस्थामा नरहेको उनको भनाइ छ । वित्तीय क्षेत्रको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

‘सहकारी क्षेत्रमा समस्या आएपछि नेपालका आर्थिक गतिविधि प्रभावित भएका हुन्, त्यसो हुँदा कर्जाको माग बढेको छैन,’ उनले भने, ‘तर, राष्ट्र बैंकले नियमित रुपमा सुक्ष्म रुपमा नियमन गरिरहेको छ । डूब्ने अवस्थामा कुनै पनि संस्था छैनन् ।’

पछिल्ला त्रैमासमा बैंकहरुको खराब कर्जा बढेको देखिएको तर्फ इंकित गर्दै उनले भने, ‘बैंकहरुको खराब कर्जा अहिले मात्र बढेको होइन, यो नै वास्तविक अवस्था हो । विगतमा केही बैंकहरुले खराब कर्जालाई असल बनाउने काम गरेका थिए । चालु पुाजी कर्जा सम्बन्धी मागर्दशन जारी गरेपछि बैंकहरुले सावा ब्याज तिर्नकै लागि पुनः कर्जा दिएर असल बनाउन पाएका छैनन । ऋणीको क्षमताका आधारमा मात्र कर्जा प्रवाह गर्नुपर्ने भएको छ । यसकारण खराब कर्जा केही बढको देखिएको हो ।’

अर्थतन्त्रमा आर्थिक गतिविधिमा कमी आएकाले यस्तो अवस्थामा कम लाभांश वितरण गरेर भएपनि बैंकको वित्तीय अवस्था बलियो बनाउन बैंकहरुलाई आग्रह गरिरहेको उनले बताए ।

अहिले बैंकिङ क्षेत्र विरुद्ध अराजक गतिविधि बढिरहेपनि सरकारले त्यसलाई सम्बोधन गर्न नसकेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । वित्तीय सूचकका रुपमा नेपालका सबै बैंकहरु निकै सबल रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हिमाली जिल्ला मुस्ताङमा १२ महिनाको अवधिमा ४ लाख २५ हजार ९६४ जना पर्यटक भित्रिएका छन्। २०८० को वैशाखदेखि चैत महिनाको अन्तिमसम्म बेनी–जोमसोम सडकमार्ग तथा पोखरा–जोमसोम हवाईमार्ग हुँदै उक्त संख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ। मुस्ताङ भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको रेकर्डका लागि म्याग्दी र मुस्ताङको सीमाना घाँसा ...
। अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ भने खरिदर मूल्य १३३ रुपैयाँ ३६ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा डलरको मूल्य १३ पैसा बढेको हो भने यो मूल्य हालसम्मकै उच्च हो । इरान र इजरायलको ...
। अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८३ पैसा कायम भएको छ भने खरिददर मूल्य १३३ रुपैयाँ २३ पैसा कायम भएको छ । इरान र इजरायलको द्वन्द्व बढेसँगै अमेरिकी डलर महँगिएको हो । इरानको आक्रमणपछि इजरायलले अमेरिका बेलायतसहित अन्तर्राष्ट्रिय मुलुकहरूको समर्थन ...
। नेपाल वायुसेवा निगम (नेवानि) ले अन्तर्राष्ट्रिय उडानका लागि जहाज खरिद गर्न लिएको ऋणको चैतको किस्ता भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई नेवानिले चैत महिनाको किस्ता भुक्तानी गरेको हो । नेवानिले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्न ती दुई कोषबाट ऋण लिएको थियो । नेवानिका अनुसार दुई न्यारोबडी जहाजको चैत ...
: पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य भोलि विहान १ बजेदेखि लागू हुनेछ। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य १६१ रुपैयाँ पुगेको छ।