मुख्य समाचार
संसद् भवनमा लघुवित्त ऋणी छिरेको विषयमा सभामुखले प्रहरी महानिरीक्षकसँग राखे सुरक्षा चासो
संसद् भवनमा लघुवित्त ऋणी छिरेको विषयमा सभामुखले प्रहरी महानिरीक्षकसँग राखे सुरक्षा चासो

— सभामुख देवराज घिमिरेले संघीय संसद् भवनमा लघुवित्त ऋणीहरूको समूह हुलहुज्जतसहित प्रवेश गरेको र नाराबाजी गरेको विषयलाई लिएर नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरसँग जानकारी लिएका छन् । लघुवित्त ऋणीहरू संघीय संसद्का दुवै सदनको बैठक सकिनेबित्तिकै संसद् भवनमा प्रवेश गरेर विरोध प्रदर्शन गरेका थिए ।

सभामुख घिमिरेको सचिवालयले दिएको जानकारीअनुसार उक्त घटनालाई गम्भीर रूपमा लिइएको छ । 'संसद् परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा सभामुखले गम्भीर चासो लिनुभएको छ । सभामुखले आजै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिनुभएको छ,' सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले भने, 'उहाँले सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताउनुभयो ।'



महानिरीक्षक कुँवरले उक्त घटनाको छानबिन गर्नका लागि तीन सदस्यीय समिति गठन गरिएको सभामुखलाई जानकारी दिएका थिए । समितिमा एसएसपी दिनेशराज मैनाली संयोजक रहेको र एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेको जानकारी सभामुखलाई महानिरीक्षक कुँवरले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रतिवद्धता जनाएका छन् । शनिबार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती सेवा ऐन पारित गर्ने समय आएको बताए । ‘हामी अब निजामती सेवा विधेयकलाई ऐनको रुप दिन्छौँ । विधेयक पारित गरेर अघि बढ्छौँ । त्यो संसदमा पेश गरेको ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल-भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताएका छन्। जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल-भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल-भारतबीचमा धेरै नभए पनि केही समस्याहरू रहेको र तिनको समाधानका ...
: डोटीमा पहिरोमा खसेको ढुंगा लागेर एक जना महिलाको मृत्यु भएको छ। उनकी नातिनी भने घाइते भएकी छन्। पहिरोमा परी जिल्लाको आदर्श गाउँपालिका-३ आगर बस्ने मानबहादुर ऐरको ६१ वर्षीय श्रीमती कौमती देवी ऐरको मृत्यु भएको छ भने उनकी १४ वर्षीया नातिनी भुवनेश्वरी ऐर घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। मृतक ...
। कैलालीमा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । शुक्रबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा मोटरसाइकल दुर्घटनामा धनगढी उपमहानगरपालिका–५ जाँई बस्ने २८ वर्षीय संजय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रबहादुर बोहोराले अत्तरियास्थित विद्युत कार्यालय नजिकै चौधरीले चलाएको सुपप्र ०१००८ ...
: सुनसरीको इटहरी उपमहानगरपालिका आसपासका क्षेत्रमा लुटपाट गर्ने सात जना पक्राउ परेका छन्। इटहरीको प्रमुख धार्मिक स्थलमा पर्यटकहरूलाई आतंकित पारी लुटपाट गर्ने सात जनाको समूहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नबिनकृष्ण भण्डारीले बताए। इटहरीको तालतलैया क्षेत्रमा आउने पर्यटकहरूलाई आतंकित पारी सांगठनिक रुपमा नगद र गरगहना लुटपाट गर्ने सातजनालाई पक्राउ गरिएको डीएसपी भण्डारीले ...