मुख्य समाचार
दाङमा दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड
दाङमा दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड

— घोराही–तुलसीपुर सडक खण्डमा दुर्घटना न्यूनीकरणका लागि सोमबारदेखि टाइमकार्ड लागू गरिएको छ । घोराही-तुलसीपुर २३ किलोमिटरको दुरीमा ७० मिनेटको समय दिइएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षीय बैठकले पहिलो चरणमा घोराही–तुलसीपुर सडकमा टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो ।

घोराहीदेखि नारायणपुरसम्म ३० मिनेट र नारायणपुरदेखि तुलसीपुरसम्म ४० मिनेटको समय निर्धारण गरिएको छ । यसका साथै नियमितरुपमा सवारी साधनको गति र मेकानिकल परीक्षण गरिने भएको छ ।



बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्दै सडकलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउने उद्देश्यले बिभिन्न सुधारका योजनाहरु लागू गर्न थालिएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताए । ट्राफिक प्रहरी कार्यालयको नेतृत्वमा नियमित रुपमा सडकमा लेजर गन प्रयोग गरी सवारी साधनको गति परीक्षण गर्ने, यान्त्रिक कार्यालय र यातायात व्यवस्था कार्यालयको समन्वयमा सवारी साधनको मेकानिकल परीक्षण गरी कार्ड उपलब्ध गराउने तयारी पनि भएको उनले बताए ।

वार्षिकरुपमा सवारी चालकहरुले स्वास्थ्य परीक्षण गरी कार्ड प्राप्त गर्ने र यसको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्ने निर्णय यसअघि नै भएको छ । चालकलाई ट्राफिक प्रहरी, यातायात कार्यालय, यातायात व्यवसायी महासंघ र स्थानीय तहको समन्वयमा सुरक्षित सवारी सञ्चालन सम्बन्धी प्रशिक्षण दिने निर्णय भएको छ ।

तुलसीपुर–घोराही–लमही–भालुबाङ सडक खण्डमा तिब्र गतिका कारण सवारी दुर्घटना हुने गरेकाले उक्त रुटमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक र ढुवानीका सवारी साधनहरुमा बिस्तारै पालो प्रतिस्थापन (क्यू) प्रणाली र टाइम कार्ड लागू गर्ने निर्णय भएको छ ।


यसैगरी सबै बिद्यालयमा सडक सुरक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि शिक्षा समन्वय इकाईले सबैलाई पत्राचार गर्ने निर्णय भएको छ । स्थानीय तहले नागरिकलाई सडक सुरक्षा सम्बन्धी सचेतना गर्ने तथा सडक डिभिजन कार्यालयले बिद्यालय, अस्पताल र मन्दिर क्षेत्रमा साइनबोर्ड र जेब्रा क्रसिङ राख्ने निर्णय भएको छ । यस्तै बिद्यालय, अस्पताल र मन्दिर क्षेत्रमा जरुरी बाहेक हर्न निषेध गर्ने निर्णय गरिएको छ ।

सार्वजनीक सवारी साधनलाई अपांगमैत्री, ज्येष्ठ नागरिकमैत्री, बालमैत्री र लैंगिकमैत्री बनाउन यातायात व्यवसायी महासंघले तत्काल काम थाल्ने र ट्राफिक प्रहरीले त्यसको अनुगमन गर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख किरणप्रकाश मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरूजस्ता घटनाहरूको उदाहरण पेस गर्दै उक्त आरोप ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ नेपाली कांग्रेसले जनताले दिएको मतलाई जनताको पक्षमा काम गर्ने गरी सदुपयोग गर्न नसकेको बताएका छन् । सोमबार संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने दिशामा सरकारको कदमको कांग्रेस साक्षी मात्र बन्न पुगेको आरोप लगाए । ‘संसद्को सबैभन्दा ठूलो दल ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहाँ भ्रष्टाचार भनेजस्तो भएको आरोप लगाएका छन् । सोमबार संसद्‌मा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले सोधे,’तपाईंका मन्त्रीहरू खुल्लमखुल्ला लाखौंको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?’ उनले थपे, ‘मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा ...
। प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानको चुलोमा आगो बाल्न नसकिने अवस्था आएको भन्दै सरकार जनताको समस्यामा गम्भीर नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रोपाइँको मध्य समयमा समेत किसानहरूलाई समयमै मलखाद उपलब्ध गराउन नसकेको भनेर सरकारको आलोचना गरे । ‘मेरो नेतृत्वको सरकारले अघिल्लो वर्ष मल ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि आफ्नो पार्टी प्रष्ट रहेको बताएका छन् । प्रतिनिधिसभामा सोमबार विशेष सम्बाेधन गर्दै प्रचण्डले संविधान संशाेधनका एजेन्डा समेत सुझाएका हुन् । वर्तमान सरकार बन्दा कांग्रेस र एमालेले संविधान संशोधन गर्ने वाचा गरेको तर, त्यसअनुसार व्यवहार नगरेको भन्दै उनले असन्तुष्टि जनाए । साथै संविधान संशोधनका लागि के कस्ता एजेन्डा ...