मुख्य समाचार
संसद् परिसरकै सुरक्षामा गम्भीर लापरबाही
संसद् परिसरकै सुरक्षामा गम्भीर लापरबाही

— सरकारले सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन लगायतका महत्त्वपूर्ण क्षेत्रको सुरक्षा संवेदनशीलतालाई कारण देखाएर त्यस वरपर निषेधित क्षेत्र घोषणा गरेको छ । तर त्यही निषेधित क्षेत्रभित्र पर्ने संघीय संसद् भवन परिसरमा सोमबार नाराबाजीसहित एउटा समूह छिरेर प्रदर्शन गर्‍यो । लघुवित्तपीडित सहितका व्यक्तिहरू संसद् बैठक चलेकै दिन संसद् भवनको गेटभित्र छिरेर प्रदर्शन गरे । उच्च सुरक्षा हुनुपर्ने स्थानमै भएको उक्त घटनाले गम्भीर सुरक्षा लापरबाही देखाएको छ ।

प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्री, सांसदहरू सबै उपस्थित रहेका बेला संसद् भवनभित्र बाहिरको समूह प्रवेश गरेर प्रदर्शन गर्नुले त्यहाँको सुरक्षाको दुरावस्था छर्लङ पारेको छ । जबकी माइतीघरदेखि बानेश्वरसम्मकै क्षेत्रलाई काठमाडौं प्रशासनले निषेधित घोषणा गरेको छ । निषेधित क्षेत्रमा समूह बनाएर हिँड्न र प्रदर्शन गर्न रोक लगाइएको छ । तर सोमबार अतिसंवेदनशिल निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवनभित्र छिरे ।



काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी दीपक थापाका अनुसार काठमाडौंका विभिन्न ठाँउबाट सोमबार दिउँसो ५/६ जना भेला भएर बानेश्वरको पानीट्यांकी नजिक गएको देखिन्छ । 'आज कार्यक्रम छैन यसो घुम्न आएको भन्दै' संसद् भवनको ३ नम्बर गेट अघि भेला हुने क्रम बढ्यो । उनीहरु अलि अलि गर्दै त्यस क्षेत्रमा आइपुगेर छरिएर गेटको वरपरी बसेका थिए ।

पानीट्यांकी नजिकै प्रहरीको सिआरभी भ्यान पनि बस्छ । प्रहरीको अरू टोली पनि बाहिर बस्छ । तर त्यहाँ को आइरहेको छ र के गर्न चाहिरहेको छ भन्ने प्रहरीले भेउ पाएन ।

पानीट्यांकी तर्फको गेटमाथि दुई जना सेन्ट्री बसेका थिए । गेटमा दुईजना तैनाथ छन् । त्यही बेला एकजना प्रहरी काम विशेषले संसद् परिसर भित्र छिरेका बेला गेटको सुरक्षामा एक जना मात्र प्रहरी हुनपुगे । त्यही बेलामा यताउता छरिएर रहेका मानिसहरू एकत्रित भई गेटबाट सुरक्षाकर्मीलाई धकेलेर प्रवेश गरे । उनीहरु संसद्को मुख्य भवन बाहिरको खुल्ला स्थानमा नाराबाजीसहित प्रदर्शन गरे ।


संसद् भवन परिसरको सम्पूर्ण सुरक्षा कमाण्ड नेपाल प्रहरीको हुन्छ । संसद्को हलभित्र सांसदको सुरक्षा भने संसद् सचिवालय मातहत रहने मर्यादापालकले गर्छन् । संसद् परिसर क्षेत्रको सुरक्षाका लागि त्यहाँ इन्सपेक्टरको नेतृत्वमा विशेष कार्यादलको एउटा टुकडी नै तैनाथ छ । त्यसलाई समेत छलेर प्रदर्शनकारी भित्र प्रवेश गर्नुले सुरक्षा अवस्था नाजुक रहेको देखाएको छ ।

संसद् भवनभित्र आन्दोलनकारी प्रवेश गरेको घटना गम्भीर भएको भन्दै सभामुख देवराज घिमिरेले लघुवित्त ऋणीहरूको समूह हुलहुज्जतसहित प्रवेश गरेको र नाराबाजी गरेको विषयमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरसँग जानकारी लिएका छन् ।

सभामुख घिमिरेको सचिवालयले दिएको जानकारीअनुसार उक्त घटनालाई गम्भीर रूपमा लिइएको छ । 'संसद् परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा सभामुखले गम्भीर चासो लिनुभएको छ । सभामुखले आजै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिनुभएको छ,' सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले भने, 'उहाँले सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताउनुभयो ।'

उक्त घटनाको छानबिनका लागि प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । एसएसपी दिनेशराज मैनाली संयोजकत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेको समिति बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले इतिहासको रछ्यानमा फालिएको सामन्ती प्रथा बिउँताउने मात्रै नभइ मिति तोकेर सिंहसानमा विराजमान गराउने भ्रम फिँजाइ संविधान ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले मानिसको बोल्ने, लेख्ने र प्रदर्शन गर्ने अधिकारलाई खुम्च्याउँदै लगेको बताएका छन्। सिंहदरबारभित्र प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष लिङ्देनले तीनकुने घटनाबारे छानबिन गर्न न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, राप्रपाका नेताहरूको रिहाइ हुनुपर्ने माग गरेका छन्। उनले सरकार जनताबाट टाढा हुँदै गएको आरोपसमेत ...
: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो। हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको ...
— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ । सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो । ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट ...