मुख्य समाचार
न्यायपालिकालाई जनताको भरोसाको केन्द्र बनाउ जरुरी : प्रधानन्याधीश श्रेष्ठ
न्यायपालिकालाई जनताको भरोसाको केन्द्र बनाउ जरुरी : प्रधानन्याधीश श्रेष्ठ

— प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई जनताको भरोसाको केन्द्रका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । सोमबार हेटौंडामा जिल्ला अदालत मकवानपुरको नवनिर्मित ७१ कोठे भवनको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले नेपालको संविधानले न्यायपालिकालाई नागरिकको हक, अधिकारको संरक्षण र विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्ने दायित्व सुम्पेको बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकालाई जनताको भरोसाको केन्द्र बनाउन जरुरी रहेको बताएका हुन् । ‘नेपालको संविधानले प्रदान गरेको भूमिका र न्यायलयप्रतिको जनताको अपेक्षालाई पूरा गर्नेतर्फ सम्पूर्ण प्रयास केन्द्रित हुनुपर्छ,’ उनले भने । सुशासन, जवाफदेहिता र उत्तरदायित्वलगायत न्यायीक मूल्य र मान्यताको प्रवर्धन गर्ने विषय चुनौतीपूर्ण रहेको उनले बताए ।



सेवाग्राहीको अपेक्षा अनुरुपको काम कारबाहीबाट मात्रै अदालतप्रतिको विश्वासलाई बढाउन सकिने प्रधानन्यायधीश श्रेष्ठको भनाइ छ । न्यायपालिकाको पाँचौ पञ्चवर्षीय रणनीतिक योजना निर्माणको प्रक्रियालाई अघि बढाइएको उनले बताए ।

प्रधानन्यायधीश श्रेष्ठले योजनाबद्ध सुधारको प्रक्रियालाई न्यायपालिकाले आत्मसात गर्दै आएको दाबी गरे । जिल्ला अदालतहरूमा पनि मुद्दाको पेशी तोक्ने सन्दर्भमा छिट्टै स्वचालित पद्धति लागू गरिने उनले बताए । ‘मुद्दाको अनलाइन रजिस्ट्रेसन कार्यको सुरुवात गर्ने चरणमा पुगेको छ,’ उनले भने । प्रविधिमैत्री अदालतको कामकारबाही चुस्त बनाउन जरुरी रहेको औंल्याउँदै सबैले भिडियोबाटै बहसको प्रारम्भ गर्ने तयारी गर्न जरुरी रहेको औँल्याए ।

प्रधानन्यायधीश श्रेष्ठले आमनागरिकको अपेक्षाप्रति न्यायपालिका संवेदनशील रहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— यूएईलगायत खाडी क्षेत्रमा सोमबार राति भएको भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् । पोखराका चिरञ्जीवी धिताल, सुनसरीका आजाद अन्सारी लगायतका यात्रु मंगलबार राति १ बजे एफजेट–५७४ नम्बरको उडानबाट दुबई पुग्नुपर्ने थियो । तर, मंगलबार फ्लाई दुबईले राखेका तीनमध्ये दुबई–काठमाडौं–दुबईका दुइटा उडान भएन । ‘मौसमको कारण देखाउँदै उडान रद्द ...
— अवैध रुपमा बाँकेको जमुनाह नाका हुँदै भारततर्फ लैजाँदै गरेको ठुलो परिमाणको खुकुरी चुरोट बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट १२ सय ८० प्याकेट खुकुरी चुरोट (करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको) बरामद गरेको हो । अवैध रुपमा नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले ...
— जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बनेकी हसिना खानले पद तथा गोपनीयताको शपथग्रहण गरेकी छिन् । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएका हुन्। मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते ...
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उनले विभिन्न समयमा बन्द भएका र ...
— बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । तेस्रो नेपाल–बंगलादेश परराष्ट्र सचिवस्तरीय संयुक्त परामर्श समितिको बैठक बस्न आएका सचिव मोमेनले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् । उक्त अवसरमा दुई पक्षीय व्यापार र वाणिज्यमा सहकार्य, कनेक्टिभिटी, उर्जा र विद्युत्, पर्यटन, संस्कृति र शिक्षाको ...