मुख्य समाचार
इजाजत-पत्र बिना चिकित्सक बनेका दुई भारतीयसहित तीन जना पक्राउ
इजाजत-पत्र बिना चिकित्सक बनेका दुई भारतीयसहित तीन जना पक्राउ

— यमुनामाई गाउँपालिका–१ स्थित सुकदेव चौकमा रहेको सगरमाथा तराई हस्पिटल प्रालिमा कार्यरत दुई भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयबासीले उपचार गर्ने इजाजत बिना नै अस्पतालमा कार्यरत रहेको फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । फागुन १ गते उनीहरुलाई पक्राउ गरेको प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

प्रहरीले भारतको बिहार राज्य पुर्वी चम्पारण थाना ढाका–१४ खैरवाका ४५ वर्षीय हसिन अख्तर, सिकारगंज–३ वटोआका २७ वर्षीय मोहम्मद तबरेज आलम र यमुनामाई गाउँपालिका–२ भेडियाही टोलका २७ वर्षीय कलाम मन्सुरीलाई पक्राउ गरेको हो ।



जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले उनीहरुले फागुन १ गते नै पक्राउ गरिएपनि केही दिन अनुसन्धानका लागि समय लाग्दा सार्वजनिक गर्न ढिलाइ भएको बताए । उनीहरुलाई मुलुकी अपराध संहिता अन्तर्गत उपचार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले अस्पतालमा निर्धारित शैक्षिक योग्यता प्राप्त नगरी बिना अनुमतिपत्र बिरामीको एपेन्डिस, पायल्स, युट्रेस लगायतका शल्यक्रिया गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति बेहोर्न पुगेको बताएको छ । सौर्यले भनेको छ, ‘यस दुर्घटनामा परी ज्यान गुमाउनु हुने प्रतिष्ठित यति धेरै विज्ञहरूको क्षतिको कल्पना नै गर्न सकिन्न ।’ सौर्य एयरलाइन्सको स्थापनाकालबाटै परिवारका रुपमा काम ...
। विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुको अडान छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागले मृतकहरुको शव पहिचान गरेर पोष्टमाटम गरिसकेको ...
। नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । गभर्नर ...
। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई खोज्न काठमाडौं जानुपर्ने स्थिति आएको बताएका छन् । मुख्यमन्त्री कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले सत्ता साझेदार काँग्रेसलाई कर्णालीमा भेटाउन गारो भएको व्यंग्य गरे । केही दिनअघि प्रदेश सभा बैठकमा समेत कंग्रेसका १४ मध्ये ४ जना सांसद मात्रै उपस्थित हुँदा बैठक स्थगित गर्नुपरेको भन्दै उनले भने, ‘उहाँहरू सबै काठमाडौँ ...
: सौर्य एयरलाइन्सले विमान दुर्घटनामा परेका परिवारलाई सहयोग गर्ने जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गरेर साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परेका परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग गर्ने जनाएको हो। ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सद्‍भाव सधैं रहने विश्वास दिलाउँछौ। सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका ...