मुख्य समाचार
‘वाफमा जित यात्रा जारी राख्नुपर्छ’
‘वाफमा जित यात्रा जारी राख्नुपर्छ’

— वाफ वुमन्स च्याम्पियनसिपमा नेपालका लागि मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरिरहेकी प्रीति राईले टिमको उद्देश्य जितको यात्रालाई जारी राख्ने बताएकी छन् । साउदी अरेबियाको जेद्दामा भइरहेको प्रतियोगिताको शनिबार सेमिफाइनल समीकरण पूरा भएको छ । त्यसमा नेपालले लेवनानको सामना गर्ने भएको छ ।

अर्को सेमिफाइनलमा तीनपल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको भेट प्यालेस्टाइनसँग हुनेछ । प्रतियोगिताको समूह ‘बी’ को अन्तिम लिग खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हराएर समूहको शीर्षस्थानमा रह्यो । नेपालको तीन खेलबाट ९ अंक भएको छ । प्यालेस्टाइन भने समूह उपविजेता रह्यो । ‘हामीले लगातार तीन जित निकालेका छौं र यो लयलाई अन्त्यसम्म कायम राख्नुपर्छ,’ प्रीतिले खेलपछिको अन्तर्वार्तामा भनेकी छन्, ‘जति पनि गोल भए, सबै टिमले बनाएको गोल रह्यो । यो निकै राम्रो प्रदर्शन हो ।’

प्यालेस्टाइनविरुद्ध नेपालबाट सावित्रा भण्डारीले दुई, रेखा पौडेल र गीता राना एक–एक गोल गरेका थिए । सावित्राले ४० औं मिनेटमा पहिलो गोल गरेपछि ५९ औं मिनेटमा रेखाले दोस्रो गोल थपिन् । सावित्राले ७८ औं मिनेटमा तेस्रो गोल गरिन् । चौथो गोल भने गीताले पेनाल्टीबाट दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा गरेकी हुन् । दुवै सेमिफाइनल मंगलबार हुनेछ । सावित्राले पनि

नेपालको प्रदर्शन उच्च रहेको बताउँदै भनिन्, ‘अब लेवनानविरुद्ध खेल छ, यो सजिलो हुने छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले एएफसी एसियन कप छनोटको फाइनल खेलमा उज्वेकिस्तानसँग दुर्भाग्यवश हार बेहोर्नुपरेको बताएकी छन्। एएफसी एसियन कप छनोट खेलेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै उनले नेपाली महिला फुटबल टिमले आफूभन्दा बलियो प्रतिस्पर्धी उज्वेकिस्तानसँग राम्रो प्रदर्शन गरेको बताएकी हुन्। उनले भनिन्,‘हामीले ३–१ ले पछि पर्दा जुन हिसाबले कमब्याक ...
— नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटमा सफल नभए पनि धेरै सकारात्मक ऊर्जा लिएर फर्किएको बताएकी छन्। छनोटको समूह ‘एफ’ को निर्णायक तथा अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा नेपाली टोली सन् १९९९ पछि एसियन कप खेल्ने अवसरबाट वञ्चित भएको ...
— मेक्सिकोले अमेरिकालाई सोमबार २–१ ले पराजित गर्दै कनकाकेफ गोल्डकपको उपाधि जितेको छ । मेक्सिकोले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर कीर्तिमान १० औं पल्ट उत्तर र केन्द्रीय अमेरिका तथा क्यारिबियन क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता जितेको हो । ह्युस्टन टेक्सासमा भएको खेलमा अमेरिकाले क्रिस रिचडर्सको गोलले चौथो मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको २७ ...
। अस्ट्रेलियाले ग्रेनेडामा भएको दोस्रो टेस्टमा वेस्ट इन्डिजमाथि १३३ रनको प्रभावशाली जित हासिल गर्दै ३ खेलको शृंखलामा २–० को अग्रता बनाएको छ । यो जितसँगै अस्ट्रेलियाले सन् १९९५ देखि आफ्नो कब्जामा रहेको फ्र्यांक वोरेल ट्रफी फेरि एकपटक रक्षा गरेको छ। वेस्ट इन्डिजलाई जितका लागि २७७ रनको लक्ष्य दिएको अस्ट्रेलियाले चौथो दिनको दोस्रो सेसनमै घरेलु टोलीलाई १४३ रनमा ...
। एसीसी यू-१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ । टोली आइतबार बेलुकी काठमाडौं आइपुगेको हो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, यू-१९ टोलीका प्रशिक्षक शक्ति गौचन लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो । नेपाल यस प्रतियोगितामा अपराजित ...