मुख्य समाचार
स्पेनी ला लिगा : रियलको अग्रता आठ अंकमा
स्पेनी ला लिगा : रियलको अग्रता आठ अंकमा

— लुका मोडरिचको उत्कृष्ट गोलको मद्दतले रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा सेभियालाई १–० ले हराएको छ र लिग तालिकाको शीर्षमा आठ अंकको स्पष्ट अग्रता लिएको छ ।

खेल बराबरीतर्फ अग्रसर भइरहेको स्थितिमा मोडरिचले ८१ औं मिनेटमा गोल गरेका हुन् । यो जितपछि उसको २६ खेलबाट ६५ अंक भएको छ । समान खेलबाट दोस्रोमा रहेको बार्सिलोनाको ५७ अंक छ ।

आइतबारका अन्य खेलमा रियल बेटिसले एथलेटिको बिलबाओलाई ३–१ ले हरायो । यस्तै काडिजले सेल्टा भिगोसँग २–२ र लास पाल्मासले ओसासुनासँग १–१ को बराबरी खेल्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व नम्बर एक खेलाडी यानिक सिनरले स्पेनका कार्लोस आल्काराजलाई पराजित गर्दै आफ्नो पहिलो विम्बल्डन उपाधि जितेका छन्। इटालीका २३ वर्षीय सिनरले अल इङ्ल्याण्ड क्लबको सेन्टर कोर्टमा भएको फाइनलमा आल्काराजलाई ४–६, ६–४, ६–४, ६–४ ले हराए। सुरुवाती सेट गुमाएपनि सिनरले त्यसपछि लगातार ३ सेट जिते । यसअघि फ्रेन्च ओपनमा सिनर आल्काराजसँग पाँच सेटको रोमाञ्चक खेलमा हार्न पुगेका ...
। नेपाली महिला सिनियर टिमकी पूर्वकप्तान निरु थापा आगामी साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको टिम म्यानेजरमा नियुक्त भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार टिम म्यानेजरसहित सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षक पनि नियुक्त गरेको छ । सहायक प्रशिक्षकमा नरेश थापा र गोलकिपिङ प्रशिक्षकमा चन्द्रादेवी दाहाल नियुक्त भएका छन्। तीनै जना पदाधिकारीलाई एन्फा कम्प्लेक्स, ...
। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटको पनि एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताएका छन् । विरा एजुकेसन कन्सलट्यान्सीले नेपाली महिला राष्ट्रिय टिमकी उपकप्तान पुजा महतोलाई ब्राण्ड एम्बासडर घोषणा गर्ने कार्यक्रममा क्यान अध्यक्ष चन्दले महिला क्रिकेटको एकदिवसीय क्रिकेट यसै वर्ष आयोजना गर्ने बताएका हुन् । उनले महिला क्रिकेटको विकास गर्न र महिलाको पनि ओडिआई ...
। बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बसुन्धरा किङ्स एरेनामा भएको खेलमा नेपाललाई बंगलादेशले ३-२ गोलअन्तरले हराएको हो । नेपालले २-० ले पछि परेको अवस्थाबाट खेल बराबरीमा ल्याएपनि इन्जुरी समयमा सम्हालिन सकेन बंगलादेशका लागि सिन्हा शिखा, सागोरिका र श्रीमोती सरकारले १-१ गोल गरे । नेपालका अनिशा राई र ...
। इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । अमेरिकाको मेटलाइफ स्टेडियममा गएराति भएको फाइनलमा चेल्सीले युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई ३-० ले पराजित गर्दै उपाधि जित्यो। चेल्सीले पहिलो हाफमै ३ गोल गरेको थियो । चेल्सीको जितमा कोल पाल्मरले दुई गोल गरे भने यसै सिजन अनुबन्धित खेलाडी जोआओ पेड्रोले तेस्रो गोल थपे। २२औं ...