मुख्य समाचार
पकिस्तानी व्यवसायीलाई नेपाल चेम्बर एक्स्पो र लगानी सम्मेलनमा भाग लिन निम्तो
पकिस्तानी व्यवसायीलाई नेपाल चेम्बर एक्स्पो र लगानी सम्मेलनमा भाग लिन निम्तो

— पाकिस्तानी व्यवसायीलाई नेपालमा मार्चमा हुने नेपाल चेम्बर एक्स्पो र अप्रिलमा हुने लगानी सम्मेलनमा सहभागि हुनको लागि निम्तो दिइएको छ ।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले शनिबार इस्लामावादस्थित सियालकोट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा पुगेर व्यवसायीसँग भेटवार्ता गर्दै नेपालमा हुने दुई कार्यक्रमहरुमा सहभागिता जनाउनको लागि आग्रह गरेका हुन् । साथै, उक्त अवशरमा राजदूत अधिकारीले व्यवासयीहरुसँग पनि अन्तरक्रिया गरे ।



नेपाली दूतावासका अनुसार राजदूत अधिकारीले सियालकोटलाई पाकिस्तानमा खेलकुदका सामान, सर्जिकल वस्तुहरू र भान्छाको कटलरी उत्पादनहरूको हबको रूपमा रहेकोमा प्रसंशा गरे । सियालकोटका उद्यमीहरूको सहभागिताले द्विपक्षीय व्यापारको नयाँ बाटो खोल्ने अधिकारीले बताए । उनले प्रवर्द्धन, लगानी र प्रविधि हस्तान्तरणमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाल सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको पनि प्रष्ट पारे ।

सियालकोट नेपाली जनताको कडा परिश्रम, नवप्रवर्तन र उद्यमशीलताका कारण एउटा सानो सहरबाट विश्वव्यापी व्यापारिक केन्द्रमा उभिन सफल भएकोले यसलाई नेपाली जनताका लागि एउटा रोल मोडल हुनसक्ने बताए ।

नेपाल र पाकिस्तानबीच थप आर्थिक संलग्नता आवश्यक रहेको र नेपालका राजदूत अधिकारीले दुवै देशका लागि फाइदाजनक हुने गरि पाकिस्तानमा हुने व्यापारिक अवसरलाई सदुपयोग गर्न चाहेको उल्लेख गरे ।


‘नेपाल दक्षिण एसियाको पर्यटकीय हब भएको र नेपाल नजिक, अतिथि सत्कार गर्ने र पाकिस्तानी नागरिकका लागि सहज भिसा व्यवस्था भएकोले उनीहरूलाई व्यापारिक उद्देश्यका साथसाथै परिवार र साथीभाइलाई छुट्टी मनाउन नेपाल भ्रमण गर्न निमन्त्रणा पनि दिएको छु,’ राजदूत अधिकारीले भने ।

सियालकोट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष अब्दुल गफुर मलिकले नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गरे । उनले यो वर्ष आपसी सम्मान, गहिरो समझदारी र शान्ति र सामाजिक–आर्थिक प्रगतिको साझा दृष्टिकोणमा आधारित बलियो द्विपक्षीय सम्बन्धको ६४ वर्ष मनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...