मुख्य समाचार
नारायणी अस्पतालमा जन्मिएको नवजात शिशु छोडेर आमा बेपत्ता
नारायणी अस्पतालमा जन्मिएको नवजात शिशु छोडेर आमा बेपत्ता

: काठमाडौंमा सन्तानबिहीन एक महिलाले अस्पतालबाटै नवजात शिशु चोरेर हिंडेको घटना सेलाउन नपाउँदै वीरगन्जमा भने जन्मिएको शिशु नै अस्पतालमा छाडेर आमा बेपत्ता भएको घटना सार्वजनिक भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा छोरी जन्मिएको भन्दै परिवारका सदस्यहरुले झगडा गरेपछि आफूले जन्माएको नवजात शिशु अस्पतालको बेडमै छाडेर एक जना महिला बेपत्ता भएकी हुन्।


नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, अस्पतालको प्रसूती विभागमा शनिबार जन्मिएको नवजात शिशु अस्पतालको बेडमै छाडेर शिशुलाई जन्मदिने महिला र उनका आफन्त सम्पर्कविहीन भएका हुन्।

आइतबार साँझसम्म पनि ती महिला वा उनका आफन्त कोहिपनि सम्पर्कमा नआएको सिंहले अन्नपूर्णलाई जानकारी दिए। शिशुलाई अस्पतालको एनआइसियु वार्डमा राखिएको उनले बताए।



डाक्टर सिंहका अनुसार, शनिबार प्रसूति गराउनका लागि वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षिया महिला सीता देवी साह कानुलाई लिएर उनकी सासु अस्पतालमा आएकी थिइन्। ती महिलाको पतिको नाम धिरज साह कानु रहेको अस्पतालको रेकर्डमा उल्लेख छ। डाक्टर सिंहका अनुसार, प्रसूती गराउन अस्पतालमा आउँदा उनका पति भने आएका थिएनन्।

शनिबार अस्पतालको प्रसूती वार्डमा भर्ना गरिएकी ती महिलाले शनिबार नै छोरीलाई जन्म दिएकी थिइन्। यसअघि ती महिलाका तीन जना छोरी मात्रै थिए। अहिले चौथो सन्तानपनि छोरी नै जन्माएको भन्दै ती महिलाका सासु लगायतका परिवारका सदस्यले महिलासँग कच्कच गरेपछि झगडापनि भएको थियो। झगडा भएपछि शनिबार बेलुकीको समयमा ती महिला र उनीसँग आएका आफन्तहरु शिशुलाई अस्पतालकै बेडमा छाडेर सम्पर्कविहिन भएको जानकारी अस्पताल प्रशासनले प्रहरीलाई गराएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए।

थापाका अनुसार, प्रसूती गराउन अस्पतालमा जाँदा महिलाले अस्पतालको रजिष्टरमा टिपाएको नाम र ठेगाना नै गलत जस्तो देखिएको छ। किनी रानीघाट भन्ने टोल वीरगन्ज महानगरपालिकाको वडा नम्बर ६ मा पर्दैन। अहिलेसम्म रानीघाट टोलमा ती नाम भएको महिला वा उनको पतिको नाम भएको व्यक्ति नै फेला नपरेको थपाले बताए।

थापाले भने,‘उनीहरुले योजनाबद्ध रुपमा नै शिशुलाई अस्पतालको बेडमा छाडेर हिँडेको जस्तो देखिन्छ।’यद्यपि, अस्पतालको सीसी टीभी फुटेज लगायतका आधारमा उनीहरुको खोजी कार्य प्रहरीले गरिरहेको तर आइतबार साँझ सम्म फेला पार्न भने नसकेको थापाले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा
भाटभटेनीले साढे ९ करोडमा बनाएर दियो त्रिवि शिक्षण अस्पताललाई नयाँ भवन
। सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस अडियो दुई दिनअघि सार्वजनिक भयो । कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको थमौतीको विषयमा मन्त्री गुप्तामाथि ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ । भूमि व्यवस्था तथा अभिलेख विभाग सम्वद्ध स्रोतका अनुसार, पोखरामा करिव १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्न केही वर्षदेखि प्रयास भइरहेको छ । यसअघि दर्ता गर्न छुटेको ...
। त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी ग्रीन एरिया वार्डमा १५ शय्या थपिएको छ । साथै आधुनिक थ्री टेस्ला एमआरआई सेवा समेत सुरु भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ बजेट दिएको थियो । सेवा शुरुआत गर्दै स्वास्थमन्त्री प्रदीप पौडेलले टिचिङ अस्पतालप्रति नागरिकको भरोसा रहेको बताए । अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सहज हुने ...
लियोनेल मेस्सीले मेजर लिग सकर (एमएलएस)मा लगातार पाँच खेलसम्म दोहोरो गोल गर्ने कीर्तिमान