मुख्य समाचार
जापान नेपालको भरपर्दो विकासको सहयात्री हो : राष्ट्रपति
जापान नेपालको भरपर्दो विकासको सहयात्री हो : राष्ट्रपति

: राष्ट्रपति रामचन्द्र पौडेलले जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्न सामुदायिक विकासका लागि गरिएका कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। आइतबार नेपाल जाइका अलमनाई एसोसिएसन (जान) को ५० औँ वार्षिक समारोहको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो विश्वास व्यक्त गरेका हुन्।


उनले नेपाल जापानबीचको मित्रतालाई अझै घनिभूत बनाउन नेपाल जाइका अलमनाई एसोसिएसनको भूमिका महत्वपूर्ण रहेको भन्दै जापान नेपालको भरपर्दो विकासको सहयात्री पनि भएको बताए। नेपालको प्राविधिक क्षेत्रको जनशक्ति विकास, जलविद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासलगायत क्षेत्रमा जापानले पुर्‍याएको योगदानको नेपालले सदैव उच्च मूल्याङ्कन गरेको बताए।

राष्ट्रपति पौडेलले नेपाल र जापानबीच परम्परागत रूपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै एसियाको एक समृद्धशाली प्रजातान्त्रिक मुलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक तथा समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताए। विगत छ दशकदेखि नेपाल जापानको सम्बन्धलाई जनतासम्म पुर्‍याउन, जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकासमा लगाउन एसोसिएसनले गरेको योगदान सराहनीय रहेको राष्ट्रपति पौडेलले उल्लेख गरे।



उनले एसोसिएसनले ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्न सामुदायिक विकासका क्षेत्रमा काम गरिरहेको भन्दै यस्ता कामलाई थप विस्तार गर्दै लैजानुपर्ने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हरेक वर्ष वसन्त ऋतु आगमनसँगै फुल्ने साकुराले यतिबेला जापानको सौन्दर्य बढाएको छ । साकुराले पुरातन समयदेखि वसन्त ऋतु आगमनको संकेत गर्दछ । यो जापानको राष्ट्रिय फूल समेत हो । कम आयु लिएर फूल्ने साकुरा हरेक वर्ष मार्चदेखि अप्रिलको दोस्रो हप्तासम्म फूल्छ । जापानका पार्कहरु यतिबेला गुलाबी र सेतो रंगका फूलहरुले रंगिएका छन् । साकुरा फूलेसँगै जापानीहरु ...
: जापानमा हेलिकोप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। अन्य ३ जनाको जीवितै उद्धार गरिएको एपीले जनाएको छ। मेडिकल प्रायोजनका निम्ति प्रयोग हुने उक्त हेलिकोप्टर जापानको दक्षिणी क्षेत्रमा पर्ने समुन्द्रमा खसेको थियो। जापानी अधिकारीहरूका अनुसार पाइलट हिरोसी हामाडा, प्राविधिक कजुटो योशिताके र २८ वर्षीय नर्स साकुरा कुनिताकेको उद्धार गरिएको हो। मृत्यु हुनेमा ३४ वर्षीय डा. ...
: जापान सरकारले प्रदान गर्ने छात्रवृत्ति पाएका नेपाली विद्यार्थीहरूको बिदाइ गरिएको छ। नेपालस्थित जापानी राजदूत माएदा तोरुले शुक्रबार स्नातक, स्नातकोत्तर र विशेष तालिमका लागि छात्रवृत्ति पाएका नेपालीहरूको बिदाइ गरेका हुन्। जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयले उक्त छात्रवृत्ति ६ जना नेपालीलाई प्रदान गरेको छ। जापानले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको एक वर्षपछि सन् ...
: जापानले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गलत कागजात पेस गरेको आरोपमा उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो निष्कासनमा पर्नेमा चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर र भट्टचन थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई आइतबार नेपाल फर्काइएको हो। स्रोतका अनुसार दुई जनालाई थाइ एयरको विमानबाट र तीन जनालाई श्रीलंकन एयरलायन्सको विमानबाट काठमाडौं फर्काइएको हो। झुटो कागजात ...
। जापानको नागाइजुमीमा रहेको झण्डै एउटा पत्रिका जत्रै आकारको एउटा पार्कले विश्वकै सबैभन्दा सानो पार्कको रुपमा गिनिज बुकमा नाम लेखाएको छ । २.६ वर्गफिट आकारको यो पार्कमा घाँसको एउटा सानो गाज, ढुंगाका केही टुक्रा र आगन्तुकका लागि बस्ने एउटा टूल रहेको छ । यो पार्क त्यहाँ सन् १९८० को दशकदेखि नै रहेको भएपनि हालैमात्र यसले विश्वको ...