मुख्य समाचार
पहिलोपटक चन्द्रमामा अवतरण भयो निजी कम्पनीको यान
पहिलोपटक चन्द्रमामा अवतरण भयो निजी कम्पनीको यान

अमेरिकाको ह्युस्टनस्थित एक निजी कम्पनीको अन्तरिक्षयान चन्द्रमाको सतहमा सफलतापूर्वक अतवरण भएर नयाँ इतिहास रचेको छ ।

अन्तरिक्षसम्बन्धी कम्पनी Intuitive Machines ले तयार पारेको मून ल्याण्डर Odysseus चन्द्रमाको सतहमा अवतरण गरेको हो ।



योसँगै चन्द्रमामा निजी कम्पनीको यान अवतरण भएको इतिहासमै पहिलो घटना भएको छ। साथै आधा शताब्दीपछि अमेरिकाले पहिलोपटक आफ्नो कुनै यान चन्द्रमामा उतारेको छ।

यसअघि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् १९७२ मा अन्तिम पटक आफ्नो अपोलो १७ मिसन चन्द्रमामा अवतरण गराएको थियो ।




पछिल्लोपटक निजी कम्पनीले चन्द्रमामा पठाएको कीर्तिमानी ओडिसियस यान वास्तवमा एउटा कार्गो यान हो । यसमा विभिन्न खालका प्रयोगका यन्त्रहरु पठाइएको छ । यो यानले ३/४ दिन अघि नै पृथ्वीसँगको आफ्नो सेल्फी पठाएको थियो ।

ओडिसियस ल्याण्डर यही फेब्रुअरी १५ मा प्रक्षेपण गरिएको थियो । नासाको कमर्सियल लूनर पेलोड सर्भिस कार्यक्रम अन्तरगत सो प्रक्षेपण गरिएको हो । फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट यान प्रक्षेपण गरिएको थियो ।

इान चन्द्रमाको दक्षिण ध्रुवस्थित मालापर्ट क्रेटरनजिकै रहेको मालापर्ट ए क्रेटर छेउँमा अवतरण गरेको छ । यो क्रेटर ६९ किलोमिटर चौडा छ । चन्द्रमासम्म पुग्नका लागि यानले ३.८४ लाख किलोमिटरको यात्रा गरेको थियो ।



ओडिसियस यानको सफ्ट ल्याण्डिंग नासाको आगामी मानव सहितको चन्द्र मिसन आर्टेमिसका लागि निकै सहयोगी हुने अपेक्षा गरिएको छ ।

ओडिसियसमा नासाका ६ वटा विभिन्न प्रयोगशाला उपकरणहरु पठाइएको छ । एउटा प्रविधि प्रदर्शक हो । यसका अलावा ६ वटा विभिन्न निजी कम्पनीका पेलोडहरु पनि रहेका छन् । उक्त मिसनको नाम IM-1 Mission रहेको छ ।

नासाका वैज्ञानिकहरुले फेब्रुअरी २२ मा ओडिसियस यान चन्द्रमाको सतहमा अवतरण गर्ने अनुमान गरेका थिए र सो अनुसार नै त्यहीँ दिन यान चन्द्रमामा सफलतापूर्वक पुगेको छ ।

नासाले यो कामका लागि इन्ट्वीसिभ मेसिन कम्पनीसँग ११ करोड ८० लाख डलरको करार सम्झौता गरेको थियो । त्यसपछि कम्पनीले ओडिसियस मून ल्याण्डर निर्माण गरेको थियो । समग्रमा यो मिसन १६ दिनको रहेको छ । अर्थात् चन्द्रमाको सतहमा अवतरण गरेपछि थप ७ दिनसम्म यो यानले काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...