मुख्य समाचार
९० लाख तिरेर अमेरिका पुगेका वसन्त क्षयरोगले थलिए
९० लाख तिरेर अमेरिका पुगेका वसन्त क्षयरोगले थलिए

— मानव तस्करको सहयोगमा अवैध रुपमा अमेरिका छिरेका सिस्ने गाउँपालिका वडा नं. ३ पोखराका ३२ वर्षीय वसन्त शर्मा सिकिस्त बिरामी परेका छन् । एक वर्षअघि अमेरिका पुगेका उनी क्षयरोगको संक्रमणका कारण बिरामी परेपछि तीन महिनादेखि अस्पतालमा उपचाररत छन् ।

२०७८ साल चैतमा घरबाट हिँडेका वसन्त आठ महिनापछि २०७९ पुसमा अमेरिका पुगेका थिए । उनकी श्रीमती उर्मिलाले करिब ९० लाख रुपैयाँ दलाललाई बुझाएर उता पुगेको भन्दै श्रीमान् बिरामी भएको खबरले मर्माहत भएको बताइन् ।


अमेरिका पुगेको ११ महिनापछि अस्पताल भर्ना गरिएका वसन्तको अवस्था गम्भीर रहेको बताउँदै उनकी भाउजु अस्मिता शर्माले अहिले न्युयोर्कको जर्सीस्थित अस्पतालमा उपचार भैरहेको जानकारी दिइन् । ‘टिबीको संक्रमण भएको अस्पतालले बताएको छ । यसको संक्रमण फोक्सोबाट बढेर दिमागको बायाँ भागमा समेत पुगिसकेको भनिएको छ’ उनले भनिन्, ‘सुरुदेखि नै भेन्टीलेटरमा राखेर उपचार भैरहेको छ ।’

अवैध रुपमा विभिन्न देश हुँदै अमेरिका पुगेका वसन्तसँग त्यहाँ बस्न–रहनका लागि कुनै आधिकारिक कागजात नभएको उनका साथी लक्ष्मण शर्माले बताए । ‘वर्क पर्मिट, स्वास्थ्य बीमा आदि केही पनि छैन । यसकारण सुरुमा त अस्पताल भर्ना गर्न पनि कठिन भयो,’ उनले भने, ‘पछि वसन्तको भाउजुले जिम्मेवारी लिएर अस्पताल भर्ना गरियो ।’

वसन्तसँगै अमेरिका पुगेका पोखराकै मिलन मगरले मेक्सिकोमा छँदा नै वसन्त निकै कमजोर भइसकेको बताए । उनले भने, ‘ईमिग्रेसनबाट निस्केर हामी आ–आफ्नो काम गर्ने ठाउँतर्फ लाग्यौं । अहिले केही महिनाअघि मात्रै उनी अस्पताल भर्ना भएको भन्ने खबरले दुःख लागेको छ ।’


वसन्तको उपचार अहिले जसोतसो भैरहेको भए पनि यता घर–परिवारमा चिन्ता बढेको छ । ‘यत्रो पैसा ऋणको ब्याजले दिनदिनै डुबाउँदैछ । कमाउने भनेर गएका मान्छेको हालत त्यस्तो भयो । अमेरिका नगएर यतै बसेको भए बरु समयमै उपचार हुन्थ्यो कि,’ श्रीमती उर्मिलाले भनिन्, ‘गत मंसिरमा पछिल्लोपल्ट उहाँसँग कुरा भएको थियो । बिरामी छु भन्नुहुन्थ्यो । मैले उपचार गर्नु भने । त्यसपछि मेरो कुरा भएको छैन ।’

परिवारका अनुसार भेन्टिलेटरमा उपचार गरिरहेका वसन्तको उपचार खर्च एक दिनमा करिब ४ हजार डलर जति हुने गरेको छ । अहिले लगालग उपचार भैरहेको र पछि निको भएपछि विभिन्न उपाय गरेर उक्त रकम तिर्नुपर्ने अवस्था आउने भन्दै उनका साथी लक्ष्मणले आफूहरुले अमेरिकामा ‘वसन्त शर्मा बचाउ अभियान’ समेत चलाएको बताए ।

‘यहाँ रहेको नेपालीहरुबाट सकेको सहयोग संकलनको काम भइरहेको छ । अहिलेसम्म त्यही ६–७ लाख जति जम्मा भयो होला ।’ उनले भने, ‘यहाँ सबैलाई काम नगरी माम पाक्दैन । बिरामी हेर्न जाने र डटेर सहयोग जुटाउन पनि सजिलो छैन । तर हामीहरुले सकेको गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे । समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका ...
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...