मुख्य समाचार
टिकटकमा पहुँच दिने सेवा प्रदायकलाई कारबाही गर्दै प्राधिकरण
टिकटकमा पहुँच दिने सेवा प्रदायकलाई कारबाही गर्दै प्राधिकरण

— सरकारले टिकटकमा प्रतिबन्ध लगाएको तीन महिना बितिसक्दा पनि कतिपय इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायक कम्पनीहरूको नेटकवर्कबाट टिकटक चलिरहको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । त्यस्ता सेवा प्रदायकलाई टिकटकको पहुँचमा रोक लगाउन पटक-पटक निर्देशन दिएको भए पनि अटेर गरेकाले कारबाहीको प्रक्रिया अघि बढाएको प्राधिकरणले जानकारी दिएको छ ।

‘केही सेवा प्रदायक कम्पनीहरूको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको/चलिरहेको पाइएकाले स्पष्टिकरण सोधिएको थियो,’ प्राधिकरणको सूचनामा भनिएको छ, ‘दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही प्रक्रिया अघि बढिसकेको छ ।’ प्राधिकरणले अन्य सेवा प्रदायक कम्पनीहरूलाई समेत टिकटक प्रतिबन्धसम्बन्धी निर्देशन पालना गर्न पुन:स्मरण गराएको छ । त्यति मात्र नभइ टिकटक चलिरहेको पाइएमा प्राधिकरणलाई जानकारी गराउन प्राधिरकणले इन्टरनेट प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

‘प्राधिकरणको अनुगमन महाशाखाले यस विषयमा अध्ययन र नियमित अनुगमन गरिरहेको छ,’ प्राधिकरणका सहप्रवक्ता प्रदीप पौड्यालले भने, ‘नियामकको आदेश वा निर्देशन पालना नगरे दूरसञ्चार ऐनको दफा ४७ बमोजिम कारबाही हुन्छ । त्यसअनुसार ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ ।’

सामाजिक सञ्जालका रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै सरकारले गत कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । सरकारको सो निर्णय कार्यान्वयनका लागि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई तत्काल टिकटक बन्द गराउने निर्देशनसहित सूचना सार्वजनिक गरेको थियो ।

पछिल्लो समय टिकटकले सामग्री नियमन, प्वाइन्ट अफ कन्ट्याक्ट (सम्पर्क कार्यालय) स्थापना, डेडिकेटेड रिपोर्टिङ सिस्टममा नेपाल सरकारलाई पहुँच दिन तयार रहेको भन्दै पत्राचार गरेको र ती प्रतिबद्धता कार्यान्वयनको सुनिश्चितता भए टिकटक पुन:सञ्चालनमा ल्याउन सकिने प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ६ को संसद् बैठकमा बताएका थिए ।


‘टिकटक पुनःसञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल गरिरहेका छन्,’ प्रधानमन्त्री दाहालको भनाइ थियो, ‘टिकटकले व्यक्त गरेका प्रतिबद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई नियमन गर्न नसकिने चाहिँ होइन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल विद्युत् प्राधिकरणले ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजना अघि बढाउने भएको छ । प्राधिकरणले ५९४ मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्वसम्भाव्यता अध्ययनका लागि लाइसेन्स आवेदन गरेको जनाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दुई पम्प स्टोरेज आयोजनाको अध्ययनका लागि ऊर्जा मन्त्रालयमा आवेदन दिएको बताएका हुन् । प्राधिकरणमा आफ्नो एक सय दिनको समीक्षा गर्दै उनले पम्प स्टोरेज अघि ...
— हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन् । खार्पुनाथ गाउँपालिका–१ को पिउस, बोच्चेगौडा, सुनखाडासहित वडा नं ३ को राया, कारङ्गालगायत बस्तीमा यतिबेला टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय शान्ति शाहीले बताइन् । ...
: राष्ट्रिय विपद् व्यवस्थापन परिषदले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउने लगायतका आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज सहरी विकास मन्त्रालयमा बसेको परिषदको बैठकले केही दिनयता देशका धेरै स्थानमा भइरहेको वर्षापछिको सम्भावित जोखिमलाई ध्यान दिँदै यस्तो निर्णय गरेको हो। परिषदको बैठकले जोखिम भएको ठाउँमा रातको समयमा ...
। सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्‍द गर्ने चेतावनी दिएका छन् । रुपन्देहीमा आयोजित फोनिजको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने चेतावनी दिए । उनले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म ...
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ। ९ चैत, काठमाडौं । ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो। मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान ...