मुख्य समाचार
जसले लिबिया पुर्‍याएर ४ नेपालीलाई बन्धक बनाए
जसले लिबिया पुर्‍याएर ४ नेपालीलाई बन्धक बनाए

: लिवियामा महिनाको दुई लाख कमाइ हुन्छ भन्दै प्रलोभन दिई लिबिया पुर्‍याएर ४ नेपालीलाई बन्धक बनाउने रवि प्रसाईं भन्ने शेखरनाथ प्रसाई पक्राउ परेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनलाई झापाबाट नियन्त्रणमा लिएको छ।


उनीहरूको गिरोहले ५ वर्षअघि विभिन्न जिल्लाका ४ जना नेपालीलाई लिविया पुर्‍याएर बन्धक बनाएका थिए। मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी ज्ञानबहादुर विष्टका अनुसार प्रसाई लगायतको गिरोहले २०७५ सालमा उनीहरूलाई लिबिया पुर्‍याएको हो।

पीडितलाई लिबियामा सेक्युरिटी गार्डमा महिनाको २ लाखसम्म कमाइ हुन्छ भन्दै प्रलोभन दिएका थिए। उनीहरूले पीडितहरूबाट ४ लाखका दरले पैसा लिएका थिए। पीडितहरू दुबई पुगेपछि प्रसाईंले पाकिस्तानी मूलको सहयोगी मोहम्मद अलीलाई जिम्मा दिएका थिए।



प्रहरीका अनुसार प्रसाईंले पीडितको सक्कल राहदानी र कागजातहरू जफत गरेका थिए। पीडितलाई लिबियामा सेक्युरिटी गार्डको काम नभई सोही ठाउँमा रहेको अल्मोदिना नामक पेन्टिङ कम्पनीमा मासिक १५०० अमेरिकी डलर कमाई हुने आकर्षक कामको प्रलोभन देखाई ट्युनिसिया हुँदै लिबिया पठाएका थिए। लिबियाको त्रिपोली एयरपोर्टमा प्रतिवादीहरूमध्यकै सलिम नाम गरेका एजेन्टले पीडितलाई रिसिभ गरी मिश्राता भन्ने स्थानमा रहेको पेन्ट कम्पनीको मालिकलाई बुझाएका थिए।

उक्त कम्पनिमा बिना पारिश्रमिक १५ दिनसम्म पर्याप्त खाना नदिई फोहोर एवं दुर्गन्धित स्थानमा रहेको साँघुरो कोठामा बन्धक बनाई राखेर पीडितहरूलाई शारीरिक र मानसिक यातना दिएका थिए। दिनको १४ घण्टासम्म काममा लगाई आवश्यक पारिश्रमिकसमेत पीडितले पाउन सकेका थिएनन्। भारी सामानहरू ओासारपसारमा गर्ने काममा लगाएका थिए। २०७६ जेठमा पीडितको उद्धार गरिएको थियो।

मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी ज्ञानबहादुर विष्टका अनुसार विष्टविरुद्ध ४ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएका छन्। श्रम शोषण गरेको मुद्दाका फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा ब्युरोको समन्वय तथा जिप्रका झापाको सहयोगमा लुकीछिपी बसिरहेको अवस्थामा प्रसाईंलाई झापाबाट पक्राउ गरिएको हो। उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित काठमाडौंं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बसोबास गरेको आरोपमा उनीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा वली, डाँगी र केसी थरका एक-एक जना छन्। स्रोतका अनुसार दुई जनालाई असार १२ गते र एक जनालाई असार ११ गते नेपाल फर्काइएको हो। उनीहरूलाई एयर इन्डियाको जहाजबाट भारत हुँदै काठमाडौं फर्काएको स्रोतको भनाइ ...
: डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिस्टियन (फ्रेडरिक दशौँ) समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छन्। कोपनहेगनस्थित क्रिस्टियान्सबोर्ग प्यालेसमा एक विशेष समारोहका बीच आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि डेनिस राजाले पदबहालीको अवसरमा बधाई दिँदै राजदूत तुलाधरलाई कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरे । समारोहपश्चातको शिष्टाचार भेटका क्रममा राजदूत तुलाधरले नेपालका ...
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...