मुख्य समाचार
रुस-युक्रेन युद्धमा मारिएका देवान राईको पाँच महिनापछि सैन्य सम्मानसहित अत्येष्टि
रुस-युक्रेन युद्धमा मारिएका देवान राईको पाँच महिनापछि सैन्य सम्मानसहित अत्येष्टि

— रुस–युक्रेन युद्धमा मारिएको पाँच महिनापछि पोखराका २६ वर्षीय देवान राईको रुसी सैन्य सम्मानकासाथ रुसको राजधानी मस्कोमा बिहीबार (३ फागुन ) अत्येष्टि गरिएको छ । उनी गत कार्तिक १८ गते मारिएका थिए ।

रुसी सेनाले परिवारको सहमति लिई मस्कोस्थित बालाशिखामा सैन्य सम्मानसहित अत्येष्टि गरेको हो । रुसी सेनाले अन्तिम सलामी दिनुअघि नेपाली दूतावासका द्वितीय सचिव शशिल घिमिरे र गैरआवासीय नेपाली संघ, रुसका अध्यक्ष केशव तिमल्सिनाले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।


कोभिड अघि नै दक्षिण कोरियामा जान रोजगार अनुमति प्रणाली (इपिएस)को भाषा परीक्षामा पास भइ बसेका राई गत कार्तिकमा अध्ययनको लागि भन्दै कन्सल्टेन्सीमार्फत् रुस पुगेका थिए । रुस पुगेर सेनामा भर्ती भएपछि देवानको परिवारसमक्ष अन्तिम पटक कार्तिक १७ मा फोनमा कुराकानी भएको थियो । त्यसपछि उनी मारिएको खबर परिवारले मंसिर १ मा पाएको थियो ।

परिवारले नेपाली दूतावासमा मस्कोमा नै अत्येष्टि गर्न अनुमति दिएपछि रुसले सैन्य सम्मानको साथ अत्येष्टि गरेको हो ।

‘रुस–युक्रेन युद्धमा मारिएकाहरुको शव रोस्तोभ शहरमा संकलन भइरहेको छ । त्यहाँ ल्याएपछि शव पहिचान गर्न डिएनए परीक्षण हुन्छ,’ एनआरएन, रुसका अध्यक्ष तिमल्सिनाले कान्तिपुरलाई भने, ‘शवलाई रुसभित्र जुनसुकै ठाँउमा पनि पुर्‍याएदिन्छ । देवानको शव रोस्तोभबाट मस्कोमा ल्याइएको हो ।’


उनका अनुसार परिवारले रुसबाट शव नेपाल लैजान सकिनेछ । ‘रुसी सेनाले रुसको जुनसुकै ठाँउसम्म शव लगिदिन्छ । यदि परिवारले नेपालमा नै ल्याउन इच्छुक भए अनुमति छ । तर, रुसबाट आफ्नो घरसम्म लैजाने खर्च परिवार आफैले ब्यहोर्नुपर्छ,’ उनले भने,‘यहाँबाट अफगानिस्तानमा भने शव गइरहेको छ ।’

एक महिना अगाडि आत्महत्या गरेका एक नेपालीको शवलाई एनआरएनले रकम संकलन गरी नेपाल पठाइदिएको थियो । त्यसरी शव पठाउन झन्डै पाँच लाख रुपैयाँ लागेको थियो । रुस–युक्रेन युद्धमा मारिएको शव ल्याउन लाग्ने खर्च ब्यहोर्न नेपाल सरकार तयार भइसकेको छैन ।

परिवारले पनि आर्थिक अवस्था नाजुक भएको भन्दै सरकारले नै ब्यहोर्नुपर्ने बताउँदै आएका छन् । कतिपय परिवारले शव आउन अनिश्चित भएपछि कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिसकेका छन् । कार्तिक २९ गते मारिएका इलाम नगरपालिका–९ का गंगाराज मोक्तानको पुषको पहिलो सातानै दाहसंस्कार गरिएको थियो ।

मंसिर १८ मा परराष्ट्र मन्त्रालयले मोक्तानको मृत्यु भएको औपचारिक पुष्टि गरिदिएको थियो । ‘शव ल्याउन नगरपालिकालाई भन्यौँ । परराष्ट्रमा पनि धायौं । अरु नेता र संसादसँग पनि हारगुहार माग्यौँ । कतैबाट केही सीप लाग्ने अवस्था नदेखेपछि पुस पहिलो साता काजकिरिया गर्नुपर्‍यो,’ मृतककी भाउजू याङ्गिला शेर्पाले भनिन् ।

एनआरएन अध्यक्ष तिमल्सिनाले रुसी सरकारले शव पहिचान गरिसकेको अवस्थामा परिवारले शव नेपाल ल्याउन अनुमति रहेको बताए । ‘युद्धमा मारिएका धेरैको शव सग्लो छैन,’ उनले भने ।

रुसी सेनाको अग्र भागमा खटेर क्याम्पमा आएर बसेका नेपालीहरुका अनुसार रेड जोनमा मारिएकाहरुका शव संकलन गर्न निकै कठिन र चुनौती रहेको बताएका छन् । ‘युद्धमा मारिएका साथीहरुको तुरुन्तै शव उठाउने काम हुदैन । कुनै कुनै ठाँउमा त महिनौँ दिनसम्म पनि लाग्छ । हामी एकपटक शव उठाउने काम पाएका थियौं । कतिपय साथीहरुको कपडा र हड्डीमात्रै लिएर आयौं । यस्तो शव पहिचान गर्न निकै कठिन छ । कसको भनेर तुरुन्तै पहिचान हुदैन,’ ती नेपालीको भनाई थियो, ‘यो युद्धको सबैभन्दा कठिन काम हो ।’

परराष्ट्र मन्त्रालयले रुसी सेनामा मृत्यु हुनेको सख्या १२ जना मात्रै घोषणा गरेको छ । उनीहरुको परिवारले पनि शव पाएको छैन । १२ जनामध्ये देवान राई र गोरखाका सन्दिप थपोलियाको शवलाई औपचारिक रुपमा अत्येष्टि गरिएको खबर परिवारले पाएका छन् । परराष्ट्र मन्त्रालयले पुष ४ गतेपछि रुस–युक्रेनको युद्धमा मारिएका नेपालीको विवरण सार्वजनिक गरेको छैन । सेनामा भर्ती भइ सर्म्पकबिहीन र उद्धार गरि पाउ भन्दै निवेदन दिने परिवारको सख्या भने एकसय ५० नाघिसकेको छ ।

नेपाल सरकार भने रुसले आफ्नै खर्चमा शव पठाउनुपर्ने अडानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...