मुख्य समाचार
भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री रिहा
भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री रिहा

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई रिहा गरिएको छ । रिहा भएपछि उनी बैंककस्थित आफ्नो घर पुगेका छन्।


सिनावात्रालाई भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको थियो । यसै क्रममा उनलाई जेल अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट उनी रिहा भएका हुन्। स्वास्थ्यमा समस्या देखिएको कारणले उनले एक दिन पनि जेल बस्नु परेन ।

७४ वर्षीय अर्बपति सिनावात्रा १५ वर्षको आत्मनिर्वासनपछि थाइल्याण्ड फर्किएपछि गत वर्ष अगस्टमा हिरासतमा परेका थिए । स्व-निर्वासनबाट फर्केको केही दिनपछि थाइल्याण्डका राजाले उनको आठ वर्षको जेल सजाय घटाएर एक वर्ष गरेका थिए।



उनलाई दिइएको यो छुटको निकै आलोचना भएको थियो । थाइल्यान्डका जनताले देशका धनी र सुविधाप्राप्त व्यक्तिलाई छुट दिएको भन्दै विरोध गरेका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...