मुख्य समाचार
नेपाली राष्ट्रिय महिला फुटबल टोली साउदी अरेबियामा
नेपाली राष्ट्रिय महिला फुटबल टोली साउदी अरेबियामा

: साउदी अरेबियामा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली साउदी आइपुगेका छन्।


उनीहरूको स्वागतका लागि साउदीको जेद्दा शहरमा नेपाली वाणिज्य दूतावासमा कार्यरत कन्सुलेट श्रम सहचारी ताम्रराज काफ्ले, एनआरएनए साउदी र एनआरएन आरसिसि जेद्दा टिम लगायतले खादा ओढाइ टिमलाई स्वागत गरेका थिए।

आगामी फागुन ७ गतेदेखि हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ। साथै नेपालको समूहमा प्यालेस्टाइन, इराक र सिरिया छन्। समूह ‘ए’मा आयोजक साउदी अरेबियासहित गुआम, लेबनान र जोर्डन छन्।



नेपालले पहिलो खेल फागुन ८ गते सिरियासँग, १० गते इराकसँग र १२ गते प्यालेस्टाइनसँग खेल्दै छ। खेलाडी र प्रशिक्षक टोली गरी २९ जना सहभागी हुने छन्। टोलीमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङ रहेका छन्।

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा –कप्तान), उषा नाथ, अञ्जना राना मगरडिफेन्डर : गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना, सबिना चौधरी

मिडफिल्डर : अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी, चन्द्रा भण्डारी, सरस्वती हमाल

फरवार्ड : सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ्ग, सबिता राना मगर

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...