मुख्य समाचार
नेपालको क्लिन र ग्रिन ऊर्जामा विश्वको आकर्षण : अर्थमन्त्री महत
नेपालको क्लिन र ग्रिन ऊर्जामा विश्वको आकर्षण : अर्थमन्त्री महत

— अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा क्लिन र ग्रिन ऊर्जा भएका कारण विश्वको ध्यान आकर्षित रहेको बताएका छन् । शुक्रबार इप्पानले आयोजना गरेको जलविद्युत बीमा नीति र दृष्टिकोण कार्यक्रममा अर्थमन्त्री महतले नेपालमा जलविद्युत उत्पादनको ठूलो सम्भावना रहेकोप्रति कम बहस भएको बताए ।
उनले उर्जा क्षेत्रको भविष्य सुनौलो रहेकोमा सरकार र लगानीकर्ताहरुको ध्यान नपुगेको बताए । मन्त्री महतले पछिल्लो समय दक्षिण एशियाका देशहरुमा समेत जलविद्युत उत्पादनप्रति उत्साह वृद्धि भएको दाबी गरे । उनले भारत लगायत बाहिरी लगानीकर्ताको आकर्षण समेत जलविद्युत क्षेत्रमा बढिरहेको भन्दै उर्जा क्षेत्रलाई अघि बढाउँदा मुलुकमा आर्थिक समृद्धि र युवाहरुलाई रोजगारी सिर्जना गर्न सकिने बताए ।



उनले कार्वन उत्सर्जनलाई न्युनीकरण गर्ने लक्ष्यलाई नेपालबाट सानो योगदान हुने भन्दै अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रीय देशहरु पनि सकारात्मक देखिएको बताए । उनले नेपाल भित्र २०४६ सालपछि जलविद्युत सम्बन्धी खुला नीतिसँगै निजी क्षेत्रलाई प्रवेश गराउँदा अहिले ठूलो आयोजनामा समेत लगानी गर्नसक्ने अवस्था सिर्जना भएको बताए ।

उनले जलविद्युतको क्षेत्र समस्यारहित नभएको भन्दै यस क्षेत्रका समस्या समाधान गर्न सरकारले कोशिस गरिरहेको धारण राखे ।


‘नेपालमा विद्युत उत्पादनको ठूलो सम्भावना छ । क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको छ । दक्षिण एसिया क्षेत्रमा पनि ऊर्जा प्रतिको आकर्षण वृद्धि भएको छ,' उनले भने, ' कार्वन उत्सर्जनलाई न्युनीकरण गर्ने लक्ष्य छ । त्यसमा नेपालबाट सानो योगदान हुनसक्छ भन्ने हिसाबले अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रीय देशहरु पनि सकारात्मक देखिएका छन् ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउँदै छ । लामो समयदेखि शिथिल अर्थतन्त्र सुधारका लागि डेढ दर्जनभन्दा बढी ऐन खारेज, कम्पनी दर्तामा सहजीकरण, विदेशमा लगानी खुला, अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँचलगायत सुझावसहितको अन्तिम प्रतिवेदन आयोगले शुक्रबार पौडेललाई बुझाउन लागेको हो । पूर्वअर्थ सचिव रामेश्वर खनाल अध्यक्ष रहेको आयोगले गत पुस २४ मा अर्थमन्त्री ...
— उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रुपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताए । संविधान निर्माणसँगै जनतामा समृद्धि र विकासको आकांक्षालाई ...
— मोरङ उद्योग व्यापार संघले भारतीय सीमावर्ती बजारबाट हुने अवैध कारोबार नियन्त्रणको माग गर्दै खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको आयात शुल्क समायोजन गरी नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संघले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीका लागि अर्थमन्त्री, उद्योगमन्त्री लगायत सम्बद्ध निकायका प्रमुखलाई भेटेर औपचारिक सुझाव पेस ...
— चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण छ । बुधबार सार्वजनिक गरेको ‘एसियन डेमलपमेन्ट आउटलुक २०२५’ मार्फत एडीबीले गत आर्थिक वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो । आउँदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ...
। अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको नीतिबारे राजनीतिक हस्तक्षेप नहुने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा पौडेलले अटो क्षेत्रमा लिइएका नीति राष्ट्र बैंक आफैंले लिएको बताएका छन् । उपप्रधानमन्त्री समेत रहेका पौडेलले राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामा ऋण मूल्य अनुपात सीमा घटाएकोमा अटो व्यवसायी असन्तुष्ट रहेको सरकारलाई जानकारी भएको बताए ...