मुख्य समाचार
अहिलेको गतिले सन् २०६२ एसडीजीका लक्ष्यहरु प्राप्त हुँदैनन् : यूएन प्रतिवेदन
अहिलेको गतिले सन् २०६२ एसडीजीका लक्ष्यहरु प्राप्त हुँदैनन् : यूएन प्रतिवेदन

— अहिलेको गतिमा काम भइरहे सन् २०६२ अघि दिगो विकास लक्ष्यहरु (एसडीजी) प्राप्त गर्न नसकिने जनाइएको छ । संयुक्त राष्ट्र संघकै तर्फबाट बिहीबार जारी भएको प्रतिवेदनमा अहिलेको गतिमा जाँदा प्रतिवेदनले यूएनले राखेको भन्दा ३२ वर्षपछि मात्र लक्ष्य पूरा हुने भएको उल्लेख छ । सन् २०३० मा पूरा गर्न भन्दै एसडीजीलाई सन् २०१६ बाट अघि बढाएको हो ।

१७ वटा दिगो विकासका लक्ष्यहरु (एसडीसी) मा एसिया र प्रशान्त क्षेत्रका ५ उपक्षेत्रहरुमा असमान र अपर्याप्त प्रगति रहेको प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघ (यूएन) को एसिया र प्रशान्त क्षेत्रका लागि आर्थिक र सामाजिक आयोग (इस्क्याप) द्वारा बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनमा ती क्षेत्रहरुमा गरिबी र असमानताको स्तर निर्धारण गर्न लिंग र स्थान प्रमुख कारण रहेको उल्लेख छ ।



यूएनका उपमहासचिव तथा इस्क्यापका कार्यकारी सचिव अर्मिडा साल्सियाह अलिसजाहबानाले समान रुपमा विशेष परिस्थितिमा मुलुकहरु बीचमा दिगो विकासको प्रगतिमा भिन्नता भएको बताइन् । उनले भनिन्, ‘विशेषगरी साना प्यासिफिक टापुका विकासोन्मुख मुलुकहरु र अरु क्षेत्रले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सहयात्रीहरुमा स्पष्ट प्रतिक्रिया माग गर्दछ ।’

एसिया तथा प्रशान्त एसडीजीको प्रगति प्रतिवेदन–२०२४ ले लिंग, सहरीकरण, शिक्षास्तर, उमेर र आयले विद्यमान असमानतालाई कसरी योगदान पुर्‍याउने बारेमा उल्लेख छ । यस क्षेत्रमा गरिबी उन्मूलन (लक्ष्य १) र दिगो उद्योग, नवप्रवर्तन र पूर्वाधार (लक्ष्य ९) लाई प्रवर्द्धन गर्ने दिशामा सकारात्मक कदम चालिएको छ भने अन्य महत्वपूर्ण क्षेत्रमा प्रगति सामान्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

भोक कम गर्ने प्रयास (लक्ष्य २), स्वास्थ्य र कल्याण लक्ष्य ३), सफा पानी र सरसफाइको उपलब्धता सुनिश्चित गर्ने (लक्ष्य ६), किफायती र स्वच्छ ऊर्जाको विस्तार (लक्ष्य ७) र दिगो सहर र समुदायहरूको निर्माण (लक्ष्य ११) कम उच्चारण गरिएको छ र उच्च ध्यान चाहिने प्रतिवेदनमा भनिएको छ ।


यूएन इस्क्याप, एसिया र प्रशान्तको एसडीजी प्रतिवेदनद्वारा ल्याइएको वार्षिक प्रकाशनले यस क्षेत्रमा थप प्रयासको आवश्यकता छ र भविष्यको प्रगतिको लागि गति कहाँ निर्माण भइरहेको छ भनेर निर्धारण गर्न विश्वव्यापी एसडीजी सूचकहरूको लागि नवीनतम डाटा महत्वपूर्ण हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...