मुख्य समाचार
नेदरल्यान्ड्सविरुद्ध नेपालको पहिला फिल्डिङ
नेदरल्यान्ड्सविरुद्ध नेपालको पहिला फिल्डिङ

— नेदरल्यान्ड्सविरुद्धको विश्वकप लिग २ क्रिकेट खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले शनिबार त्रिवि क्रिकेट मैदानमा टस जितेपछि नेदरल्यान्ड्सलाई पहिला ब्याटिङका लागि बोलाएको हो ।

नेपाल बिहीबार नामिबियाविरुद्ध पहिलो खेलमा अप्रत्यासित रुपमा ४ विकेटले पराजित भएको थियो । नामिबियाले टस जितेपछि ब्याटिङका लागि आएको नेपाल १ सय ३२ रनमा अलआउट भएको थियो । त्यही भएर नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । इन्टरनेसनल लिग ट्वान्टी-२० मा गल्फ जायन्ट्सबाट सहभागी हुन दुबई जाँदा दीपेन्द्रले नामिबियासँगको खेल गुमाएका थिए । उनले पवन सर्राफको स्थान लिनेछन् । त्यस्तै देव खनाललाई करण केसीको स्थानमा खेलाइएको छ ।

नेपालको प्लेइङ ११ मा सोमपाल कामी र गुल्शन झामात्र सिमरको रुपमा रहने छन् । रोहित पौडेलको कप्तानीमा रहेको नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भिम सार्की, कुशल मल्ल, दीपेन्द्र, सोमपाल, गुल्शन र ललित राजवंशी रहेका छन् ।


नेदरल्यान्ड्समा पनि रोफेल भान डेर मर्वी रहेका छैनन् । इन्टरनेसनल लिग ट्वान्टी २० मा खेलिरहेका उनको टोली दुबई क्यापिटल्सले शनिबार फाइनल खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान चालु आर्थिक वर्षमा नसकिने भएको छ। सहरी विकास मन्त्रालयले बुधबार एक पत्रकार सम्मेलन गरी असार मसान्तसम्ममा त्रिवि मैदानको काम नसकिने बताएको हो। २०८१ फागुन २१ गते सुरु भएको त्रिवि मैदानको काममा दोस्रो पटक म्याद थप गरिएको हो। फागुनमा वैशाख २४ सम्म सक्ने गरी मिति तय गरिएको थियो। तर सो मितिमा ...
— एएफसी महिला एसिया कप छनोटको समूह ‘जी’ मा नेपाल र आयोजक उज्वेकिस्तानले आ–आफ्नो पहिलो खेलमा अपेक्षित ठूलो अन्तरको जित निकालेको छ । मिली स्टेडियममा भएको पहिलो खेलमा नेपालले लाओसलाई ९ गोल गरेको थियो भने उज्वेकिस्तानले श्रीलंकामाथि १० गोल । नेपालका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड र कप्तान सावित्रा भण्डारीका लागि यो सुखद सुरुआत रह्यो । दुवै नवनियुक्त हुन् । सावित्राभन्दा ...
एनओसी ३० र मन्त्रालय ३१ खेलको जुहारीमा
: उज्बेकिस्तानमा जारी एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंकाबिचको खेल तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ मा हुनेछ। पहिलो खेलमा लाओसलाई ९-० ले हराएको नेपाल दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ। नेपाल र उज्बेकिस्तानको खेल समूह चरणको अन्तिम खेल हुनेछ। पहिलो खेलमा नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारी साम्बाले ...
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...