एसोसियटमा पहिलो बन्ने नेपालको लक्ष्य हो : कप्तान पौडेल
एसोसियटमा पहिलो बन्ने नेपालको लक्ष्य हो : कप्तान पौडेल

: राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेपालको लक्ष्य एसोसियटमा पहिलो बन्ने रहेको बताएका छन्। आइसीसी विश्वकप लिग-२ को खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले मुख्य प्रशिक्षकमा मोन्टी देशाई आएपछि नै नेपालको मुख्य लक्ष्य एसोसियटमा पहिलो बन्ने रहेको बताए।


'मोन्टी सर आएदेखि नै हामीले एउटै लक्ष्य राखेका छौं, त्यो भनेको एसोसियटमा नम्बर वान बन्ने हो,' कप्तान पौडेलले भने। बिहीबारदेखि टीयु क्रिकेट मैदानमा नेपालले नामिबिया र नेदरल्यान्डससँगको त्रीदेशीय सिरिज खेल्दैछ। यो आइसीसी विश्वकप लिग-२ को पहिलो सिरिजसमेत हो। कप्तान पौडेलले गत सन् २०१९ मा लिग २ को सुरुवात खराब भए पनि त्यो दोहोर्‍याउने छुट आफूहरूलाई नभएको बताए।

'२०१९ मा सोचेजस्तो सुरुवात भएको थिएन। तर अहिले सुरुवात नै उत्कृष्ट बनाउनुपर्छ। हाम्रो तयारी पनि राम्रो छ। हामी उत्साहित छौं। आशा गरौं राम्रो हुन्छ,' उनले भने।


क्यानडासँगको सिरिज क्लिन स्वीप गरेपछि झनै आत्मविश्वास बलियो भएको उनको भनाइ छ। नेपाली टोलीलाई पीएम कपले पनि धेरै मद्दत गरेको उनले बताए। यद्यपि एक दिवसीय विश्वकप खेलेर आएको नेदरल्यान्ड्स र जिम्बावेलाई पछि पारेर टी-२० विश्वकपमा छनोट भएको नामिबिया आफूहरूको लागि ठूलो चुनौती हुने उनले बताए।

त्यस्तै मुख्य प्रशिक्षक मोन्टी देशाईले आइसीसी लिग-२ नेपालका लागि निकै महत्वपूर्ण भएकाले राम्रो तयारी भएको बताए। उनले नामिबिया र नेदरल्याण्ड्स निकै राम्रो टीम भएकाले राम्रो क्रिकेट प्रदर्शन गर्नुपर्ने बताए। त्यस्तै नामिबिया र नेदरल्याण्ड्सका कप्तान र प्रशिक्षकहरुले पनि खेलका लागि आफूहरू उत्साहित भएको र राम्रो नतिजा आउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...