मुख्य समाचार
हत्या आरोपमा एक युवा पक्राउ
हत्या आरोपमा एक युवा पक्राउ

: बागलुङको गलकोट नगरपालिका–९ बडागाउँका २४ वर्षीय नविन जैसीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालयले एक युवालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङ बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बुधबार विहान मृत्त फेला परेका नविनको हत्या आरोपमा गुल्मी मुसीकोट नगरपालिका–१ घर भई बागलुङको गलकोट नगरपालिका–९ गल्याङमा रहेको रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय राजु भन्ने तेजेन्द्र महतलाई बिहिबार पक्राउ गरिएको बताए।

मंगलबार राति मादक पदार्थ सेवनपश्चात झगडा हुँदा नविनलाई भिरबाट धकेलेर तेजेन्द्रले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको डीएसपी केसीले बताए। तेजेन्द्रलाई प्रहरीले बडागाउँ स्थित मध्यपहाडी लोकमार्गबाट पक्राउ गरेको थियो।

पक्राउ परेका महतलाई बिहीबार बागलुङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपि केसीले बताए। मंगलबार घरबाट निस्किएका नविन बुधबार बिहान गलकोट–९ को लोकमार्ग सडक छेउको नालीमा मृत फेला परेका थिए। स्थानीयले शव फेला परेको जानकारी दिएपछि प्रहरीले घटनास्थल पुगेर बुधबारदेखि नै अनुसन्धान सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सभामुख देवराज घिमिरेले संघीय संसद् भवनमा लघुवित्त ऋणीहरूको समूह हुलहुज्जतसहित प्रवेश गरेको र नाराबाजी गरेको विषयलाई लिएर नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरसँग जानकारी लिएका छन् । लघुवित्त ऋणीहरू संघीय संसद्का दुवै सदनको बैठक सकिनेबित्तिकै संसद् भवनमा प्रवेश गरेर विरोध प्रदर्शन गरेका थिए । सभामुख घिमिरेको सचिवालयले दिएको जानकारीअनुसार उक्त घटनालाई गम्भीर रूपमा लिइएको छ ...
— घोराही–तुलसीपुर सडक खण्डमा दुर्घटना न्यूनीकरणका लागि सोमबारदेखि टाइमकार्ड लागू गरिएको छ । घोराही-तुलसीपुर २३ किलोमिटरको दुरीमा ७० मिनेटको समय दिइएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षीय बैठकले पहिलो चरणमा घोराही–तुलसीपुर सडकमा टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो । घोराहीदेखि नारायणपुरसम्म ३० मिनेट र नारायणपुरदेखि तुलसीपुरसम्म ४० मिनेटको समय निर्धारण गरिएको छ । ...
— सरकारले सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन लगायतका महत्त्वपूर्ण क्षेत्रको सुरक्षा संवेदनशीलतालाई कारण देखाएर त्यस वरपर निषेधित क्षेत्र घोषणा गरेको छ । तर त्यही निषेधित क्षेत्रभित्र पर्ने संघीय संसद् भवन परिसरमा सोमबार नाराबाजीसहित एउटा समूह छिरेर प्रदर्शन गर्‍यो । लघुवित्तपीडित सहितका व्यक्तिहरू संसद् बैठक चलेकै दिन संसद् भवनको गेटभित्र छिरेर प्रदर्शन गरे । ...
— प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई जनताको भरोसाको केन्द्रका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । सोमबार हेटौंडामा जिल्ला अदालत मकवानपुरको नवनिर्मित ७१ कोठे भवनको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले नेपालको संविधानले न्यायपालिकालाई नागरिकको हक, अधिकारको संरक्षण र विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्ने दायित्व सुम्पेको बताए । प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकालाई जनताको भरोसाको केन्द्र बनाउन जरुरी रहेको बताएका हुन् । ...
— यमुनामाई गाउँपालिका–१ स्थित सुकदेव चौकमा रहेको सगरमाथा तराई हस्पिटल प्रालिमा कार्यरत दुई भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयबासीले उपचार गर्ने इजाजत बिना नै अस्पतालमा कार्यरत रहेको फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । फागुन १ गते उनीहरुलाई पक्राउ गरेको प्रहरीले सोमबार सार्वजनिक गरेको हो । प्रहरीले भारतको बिहार राज्य पुर्वी चम्पारण ...