मुख्य समाचार
पार्टी बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ- राजनीतिक परिस्थिति पेचिलो बन्दै गएको छ
पार्टी बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ- राजनीतिक परिस्थिति पेचिलो बन्दै गएको छ

: प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको ब्रिफिङ गरेका छन्। पार्टीको स्थायी कमिटी बैठकमा उनले जटिल अवस्था सिर्जना भएको बताएका हुन्।

मुख्यतः संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विषयले अवस्था जटिल बनाएको अध्यक्ष दाहालको आशय रहेको नेताहरूले बताएका छन्। संक्रमणकालीन न्यायलाई सहमतिमै टुंगो लगाउने अडानमा प्रधानमन्त्री दाहाल छन्। यस विषयमा उनले निरन्तर सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलसँग सम्बाद गर्दै आएका छन्।

यस विषयमा गठबन्धन दल सकारात्मक रहे पनि नेकपा एमाले अध्यक्ष केपी ओलीले पीडितमैत्री कानुन बनाएरमात्रै सहमति गर्ने अडान लिएका छन्। शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन आफूहरू तयार रहेको तर त्यसका लागि पीडितमैत्री कानुन बन्नुपर्ने जोड एमालेको छ। एमाले अडानकै कारण पनि उक्त संक्रमणकाली न्यायसम्बन्धी विधेयकमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको बैठकमा अध्यक्ष दाहालले ब्रिफिङ गरेको स्रोतको भनाइ छ।

पार्टी प्रवक्ता अग्नि सापकोटाले पनि अनेक खालका प्रवृत्तिहरू देखा पर्न थालेको बताए। सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, 'वर्तमान राजनीतिक परिस्थिति तरल, जटिल र पेचिलो बन्दै गएको छ। मुख्य कानुन बनाउने कुरा त छँदैछ। शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनुपर्छ भन्ने हो,' उनले भने।

उनले सत्तापक्ष र प्रमुख प्रतिपक्षसँग टिआरसीलाई टुंग्याउन अधिकतम प्रयास भइरहेको बताए। 'शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच निरन्तर सम्बाद चलिरहेको छ। सहमतिमै टीआरसी बिल पास हुनुपर्छ भन्ने अध्यक्षज्युले अडान लिनुभएको छ। त्यसको लागि अधिकतम प्रयास भइरहेको छ,' उनले भने।

माओवादी स्रोतका अनुसार सर्वोच्च अदालतले जनयुद्ध दिवसमा दिइएको सार्वजनिक विदा खारेज गरिदिको विषयमा अध्यक्ष दाहाल रुष्ट देखिएका थिए। माओवादी जनयुद्धको जोडबलमै नेपालको नयाँ संविधान आएको भन्दै उनले जनयुद्धमा लडेर शहीद भएकाहरूलाई सर्वोच्चको निर्णयले अपमान गरेको बताएका थिए।

त्यस्तै बैठकमा केन्द्रीय समिति बैठक र विधान सम्मेलनका विषयमा छलफल भएको थियो। माओवादीको केन्द्रीय कमिटी भारीबरकम भएको गुनासो आएको भन्दै त्यसलाई छोट्याउने र १५१ सदस्यीय केन्द्रीय समिति बनाउने विषयमा छलफल भइरहेको प्रवक्ता सापकोटाले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मधेश प्रदेश : बजेटमा देखिएको अवरोध हटाउन १४ सदस्यीय कार्यदल गठन
: पूर्वराष्ट्रपति विद्या भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक बिचार भएकाले यसको गहन अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताएकी छन्। मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले जबजको बिचार नेपालका साथै अन्तराष्ट्रियस्तरमा समेत तुलनात्मक रुपमा अध्ययन हुनुपर्ने बताएकी हुन्। उनले समाज रुपान्तरणका लागि बिचार सबैभन्दा महत्त्वपूर्ण कुरा भएको धारणा ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन चुनावसम्मै जाने बताएका छन्। झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा धनीपुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँगको गठबन्धन २०८४ को चुनावसम्म जारी रहने बताएका हुन्। उनले आफ्नो नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन्। उनले भने, ‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरू कराऊन्। सरकारको एक वर्ष ...
: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको विश्वास जित्ने आधार निर्माणका लागि राजनीतिक दलहरूले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताएका छन्। शनिबार भक्तपुरमा सोमप्रसाद मिश्रद्वारा लिखित शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन पुस्तक विमोचन गर्दै सभामुख घिमिरेले संसदीय प्रणालीमा राजनीतिक दलहरूले जनताको विश्वास जितेर पुन सदनमा आउनका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका हुन्। नीति निर्माण गर्ने ठाउँलाई ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शय्याको आज उद्घाटन गरेका छन्। सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गरेका छन्। साथै बृहत् खानेपानी आयोजनाको शिलान्यास गरे। सो पालिकाका एक सय ७६ अव्यवस्थित बसोवासीलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहेको उल्लेख ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम