मुख्य समाचार
टीकापुरको ६ सय कठ्ठा सार्वजनिक जग्गा व्यक्तिका नाममा
टीकापुरको ६ सय कठ्ठा सार्वजनिक जग्गा व्यक्तिका नाममा

: कैलालीको टीकापुरको सार्वजनिक जग्गा व्यक्तिका नाम कायम गरिएको ठूलो तथ्य बाहिर आएको छ। तत्कालीन टीकापुर नगर विकास समितिका पदाधिकारीसहित मालपोतका कर्मचारीको मिलोमतोमा बजार क्षेत्रको अर्बौं मूल्य पर्ने ६ सय कठ्ठाभन्दा बढी सार्वजनिक जग्गा व्यक्तिका नाम कायम गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।


नक्कली कागजात खडा गरी बजार क्षेत्रकै सार्वजनिक जग्गा व्यक्तिका नाममा हक हस्तान्तरण गरेको आरोपमा अख्तियारले टीकापुर नगरविकास समितिका पदाधिकारी, कर्मचारी र जग्गाधनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव नरहरि घिमिरेले जानकारी दिए। अख्तियारको अनुसन्धानमा टीकापुर नगरपालिका–१ को टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षलगायतका पदाधिकारीको मिलेमतोमा नक्कली रसिद बनाएर समितिका पदाधिकारी एवं कर्मचारीहरूको संलग्नतामा उनीहरूकै आफन्तलगायतको नाममा जग्गा हस्तान्तरण गरेको पाइएको छ। सार्वजनिक व्यक्तिका नाममा ल्याउन समितिमा कम रकम बुझाएर हक हस्तान्तरण गरेको देखिएको अख्तियारले जनाएको छ। यो प्रकरणमा नगर विकास समितिका तीन अध्यक्षसहित १४ जना टीकापुर नगर विकास समितिका पदाधिकारी छन्। १ सय १० जना जग्गाधनीलाई प्रतिवादी बनाइएको छ। मुद्दा दायर भएकामध्ये सात जनाको मृत्यु भइसकेको छ। चार जनाले पाएको जग्गा आफ्नो नाममा नआउँदै प्लटिङ गरेर बेचेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। त्यो जग्गा उपभोग गरिरहेका थप १ सय ७ जनामाथि पनि अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको छ।

‘टीकापुर विकास समितिको नामका नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिका नाममा हक हस्तान्तरण गरेको देखिएकाले जग्गा आफ्नो नाममा कायम गर्ने गराउने जग्गाधनीलाई बिगोसहितको सजायको माग दाबीसहित आरोपपत्र दायर गरिएको छ’, अख्तियारको आरोपपत्रमा उल्लेख छ।



समितिका तीन अध्यक्षको संलग्नता टीकापुर नगरविकास समितिका तीन पूर्वअध्यक्ष यो प्रकरणमा मुछिएका छन्। तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धिजराज रेग्मीलाई प्रतिवादी बनाइएको छ। जोशीलाई २ करोड १२ लाख ४० हजार ९४४ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐनबमोजिम कैद तथा बिगोबमोजिमको जरिवाना गरी उक्त बिगो असुलउपरको माग गरिएको छ।

अर्का तत्कालीन अध्यक्ष ललित ताम्राकारसँग ५९ लाख ३८० र धिजराज रेग्मीसँग ६६ लाख ९८ हजार ८ सय ९२ रुपैयाँ बिगो माग दाबी अख्तियारले गरेको छ। उनीहरूले घडेरी वितरण गर्दा अपनाउनुपर्ने विधि र प्रक्रियासमेतलाई छलेर पुरानो मितिका घडेरी प्रमाणपत्र, रकम बुझाएको रसिदलगायतका नक्कली कागजात बनाएर समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा कायम गरेको अख्तियारको दाबी छ। तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीले तोक आदेश गरी जग्गा व्यक्ति विशेषका नाममा पास गरेको भेटिएको छ।

जग्गा वितरणका लागि टीकापुर नगरविकास समितिका अध्यक्षहरूले बोर्ड बैठकबाट उपसमिति गठन गरेका थिए। नेत्रप्रसाद जोशी अध्यक्ष हुँदा बोर्ड बैठकबाट उपसमिति संयोजकमा गणेशसिंह रावल र सदस्यमा खड्कबहादुर शाह, बमबहादुर बम, श्याम खत्री, देवेन्द्रबहादुर कुँवर र पदमराज न्यौपाने थिए। उपसमितिका संयोजक र सदस्यविरुद्ध अख्तियारले १ करोड ६५ लाख ६८ हजार १ सय ४९ रुपैयाँ बिगो माग दाबी गरिएको छ। यस्तै नगर विकास समितिको अध्यक्ष ललित ताम्राकार हुँदा गठित उपसमितिको संयोजकमा प्रेमसिंह विक र सदस्यमा श्याम खत्री, भरत स्वाँर, बेदराज ढुंगाना, दयाराम सन्ज्याल, पूर्णबहादुर बोगटी, अमरबहादुर कडायत, मदन कुँवर र तारा सन्ज्याल थिए। उनीहरूलाई अख्तियारले ५९ लाख ३८० रुपैयाँ बिगो माग दाबी गरेको छ।

टीकापुर विकास समितिका तत्कालीन योजना प्रमुख बलबहादुर कडायतलाई २ करोड ११ लाख बिगो माग दाबी गरिएको छ। उनले समितिको अभिलेखको सक्कली कागजातझैं हुने गरी नक्कली कागजात खडा गरेको, रकम बुझाएको रसिद खडा गरेको अनुसन्धानमा भेटिएको थियो। योजना प्रमुख झप्परसिंह विश्वकर्मालाई पनि प्रतिवादी बनाइएको छ। उनले समितिको स्वामित्वमा रहेका जग्गा व्यक्तिको नाममा सार्न भूमिका खेलेको भन्दै १४ लाख १९ हजार बिगो र कैद सजाय माग दाबी गरिएको छ।

अख्तियारले टीकापुर नगरविकास समितिका सदस्यसचिव अम्बादत्त जोशीमाथि उपसमितिका पदाधिकारी र जग्गाधनीसँग मिलेमतो गरी नक्कली कागजातलाई वैधानिकता दिएको आरोपपत्रमा उल्लेख छ। उनीलाई २ करोड ३० लाख रुपैयाँ बिगोसहित कैद तथा जरिवानाको माग दाबी गरिएको छ।

मालपोत र नापीका कर्मचारी पनि संलग्न

यो प्रकरणमा नापी र मालपोतका कर्मचारीको पनि संलग्नता भेटिएको छ। नापी अधिकृत मानबहादुर चन्द र गणेशबहादुर बममाथि पनि मिलेमतो गरी कागजात तयार पारेर सार्वजनिक जग्गा व्यक्तिको नाम बनाइएको आरोप लगाइएको छ। चन्दलाई १ लाख ९० हजार बिगो माग दाबी गरिएको छ। नापी अधिकृत बमले कागजातहरूको आधिकारिकता नबुझी हचुवाको भरमा स्रेस्ता प्रमाणित गरेको भेटिएको छ। उनीलाई ४२ हजार रुपैयाँ बिगोसहित कैद र जरिवानाको माग दाबी गरिएको छ।

टीकापुरका मालपोत अधिकृत जयबहादुर विष्टले पनि कागजातहरूको आधिकारिकता नबुझी हचुवाका भरमा स्रेस्ता प्रमाणित गरेको पाइएको छ। नापी कार्यालयका अधिकृतबाट प्रमाणित स्रेस्तालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा लगायतका कागजात उपलब्ध गराई समितिको स्वामित्वको जग्गा व्यक्तिका नाममा हक हस्तान्तरण गरेका अख्तियारको दाबी छ। उनीलाई १ करोड ६८ लाख बिगोसहित कैद तथा जरिवानाको माग दाबी गरिएको छ।
यस्तै नगरविकास समितिका खरिदार धनीराम भण्डारीलाई १ करोड ८६ लाखको बिगो र कैद सजायको माग दाबी गरिएको छ। सबओभरसियर नेत्रबहादुर रावललाई १ करोड ७९ लाख र सुपरभाइजर देवीलाल घिमिरेलाई २१ लाख ११ हजार बिगो माग दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति बेहोर्न पुगेको बताएको छ । सौर्यले भनेको छ, ‘यस दुर्घटनामा परी ज्यान गुमाउनु हुने प्रतिष्ठित यति धेरै विज्ञहरूको क्षतिको कल्पना नै गर्न सकिन्न ।’ सौर्य एयरलाइन्सको स्थापनाकालबाटै परिवारका रुपमा काम ...
। विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुको अडान छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागले मृतकहरुको शव पहिचान गरेर पोष्टमाटम गरिसकेको ...
। नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । गभर्नर ...
। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई खोज्न काठमाडौं जानुपर्ने स्थिति आएको बताएका छन् । मुख्यमन्त्री कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले सत्ता साझेदार काँग्रेसलाई कर्णालीमा भेटाउन गारो भएको व्यंग्य गरे । केही दिनअघि प्रदेश सभा बैठकमा समेत कंग्रेसका १४ मध्ये ४ जना सांसद मात्रै उपस्थित हुँदा बैठक स्थगित गर्नुपरेको भन्दै उनले भने, ‘उहाँहरू सबै काठमाडौँ ...
: सौर्य एयरलाइन्सले विमान दुर्घटनामा परेका परिवारलाई सहयोग गर्ने जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गरेर साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परेका परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग गर्ने जनाएको हो। ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सद्‍भाव सधैं रहने विश्वास दिलाउँछौ। सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका ...