मुख्य समाचार
'व्यवस्थामाथि धावा बोल्दा कांग्रेसले टुलुटुलु हेरेर बस्दैन'
'व्यवस्थामाथि धावा बोल्दा कांग्रेसले टुलुटुलु हेरेर बस्दैन'

: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको सम्मेलनले राष्ट्रिय-अन्तर्राष्ट्रियरूपमा प्रभाव पार्ने बताएका छन्। शुक्रबार काठमाडौंमा कांग्रेस काठमाडौं जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले काठमाडौंमा कांग्रेसको संगठन महत्वपूर्ण रहेको भन्दै यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा प्रभाव पार्ने बताए।

उनले काठमाडौं देशको राजधानी भएकाले राम्रो काम गर्नुपर्ने सुझाव दिए। सभापति देउवाले निर्वाचनमा चुनाव जित्नेगरी तयारी गर्न सुझावसमेत दिएका थिए।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले चिनेका पात्रहरूबाटै संविधानमाथि प्रहार भइरहेको भन्दै कांग्रेसले त्यसको प्रतिकार गर्नुपर्ने बताए। संविधान मानेको जस्तो गर्ने र निर्वाचनमा पनि भाग लिने राजनीतिक दलहरूले व्यवस्थामाथि धावा बोल्दा कांग्रेसले टुलुटुलु हेरेर बस्न नमिल्ने उनको भनाइ छ।

त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा आएको परिवर्तनलाई बलियो बनाएर जनतामा सकारात्मक नजिता दिन सक्नुपर्ने र यसका लागि कांग्रेसभित्रको कमीकमजोरी सुधार गर्नुपर्ने बताए। उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानलाई कार्यान्वयन गर्नका लागि कांग्रेसले नै महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति बेहोर्न पुगेको बताएको छ । सौर्यले भनेको छ, ‘यस दुर्घटनामा परी ज्यान गुमाउनु हुने प्रतिष्ठित यति धेरै विज्ञहरूको क्षतिको कल्पना नै गर्न सकिन्न ।’ सौर्य एयरलाइन्सको स्थापनाकालबाटै परिवारका रुपमा काम ...
। विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुको अडान छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागले मृतकहरुको शव पहिचान गरेर पोष्टमाटम गरिसकेको ...
। नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । गभर्नर ...
। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई खोज्न काठमाडौं जानुपर्ने स्थिति आएको बताएका छन् । मुख्यमन्त्री कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले सत्ता साझेदार काँग्रेसलाई कर्णालीमा भेटाउन गारो भएको व्यंग्य गरे । केही दिनअघि प्रदेश सभा बैठकमा समेत कंग्रेसका १४ मध्ये ४ जना सांसद मात्रै उपस्थित हुँदा बैठक स्थगित गर्नुपरेको भन्दै उनले भने, ‘उहाँहरू सबै काठमाडौँ ...
: सौर्य एयरलाइन्सले विमान दुर्घटनामा परेका परिवारलाई सहयोग गर्ने जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गरेर साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परेका परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग गर्ने जनाएको हो। ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सद्‍भाव सधैं रहने विश्वास दिलाउँछौ। सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका ...