मुख्य समाचार
जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री
जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री

: प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन्।


सिंहदरबारमा बिहीबार ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’सम्बन्धी छलफलमा प्रधानमन्त्री दाहालले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्ने बताए। उत्पादन बृद्धि र रोजगारी सिर्जना हुने खालका योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनोट गर्न उनले मन्त्रालयहरूलाई निर्देशन दिए।

'बजेट बनाउँदा यथार्थपरक होऔँ। ‘प्रोएक्टिभ’ भएर स्रोत जुटाउनेतिर सोचौं। हाम्रो नीति तथा कार्यक्रम र बजेटले जनताको विश्वास जित्नुपर्छ। व्यवस्थालाई बलियो बनाउनुपर्छ,' उनले भने।

बजेट विशुद्ध अर्थशास्त्र मात्र नभएर राजनीतिक अर्थशास्त्र भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विगत वर्षमा हुने गरेका असमझदारीलाई अन्त्य गर्नेगरी अगाडि बढ्नुपर्ने बताए। उनले भने, 'विगतमा योजना आयोग र मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच केही अन्योलता देखिने गरेको थियो, अब त्यसो हुन हुँदैन।' पछिल्लो समय देशको अर्थतन्त्री सही बाटोमा आगाडि बढेको बताउँदै प्रधानमन्त्रीले भने, 'निरन्तरको प्रयासपछि राजस्व संकलन बढेको छ भने अर्थतन्त्रका बाह्य सूचकहरू राम्रा भएका छन्।'

पुँजीगत खर्च बढ्न नसक्नुका कारण पहिल्याएर आगामी दिनमा वित्तीय एवं मौद्रिक नीति तय हुनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय महत्त्व र प्राथमिकतामा आधारमा बजेट बनाउने बताए। पुँजीगत खर्च किन बढ्न नसकेको भन्दै उनले गम्भीर समीक्षा गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राज्यको पुनः संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासकीय स्वरुप र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्न सकिने बताएका छन् । संविधानमा भएका अधिकारलाई कटौती गर्न र मुलुकलाई पछाडि फर्काउनका लागि गरिने संशोधन आफ्नो पार्टीलाई स्वीकार्य नभएको उनको भनाइ छ । राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै शर्माले भनेका ...
— नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी जनयुद्ध र शान्ति प्रक्रियाका २० वर्ष पछिको परिवर्तनमाथि प्रश्न उठेको बताएका छन् । शान्ति प्रक्रियापछि स्थापित लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायको कार्यान्वयन माथि प्रश्न उठेको र समस्या तथा सीमाहरू देखिएको उनको भनाइ छ । नेकपा माओवादी केन्द्र चन्द्रकोट गाउँ कमिटीको तेस्रो अधिवेशन उद्घाटन गर्दै उनले ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याएको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउने कार्यको बचाउ गर्दै यसो भनेका हुन् । संघीय संसद् अधिवेशन आह्वान गर्नुपहिले ल्याइएका अध्यादेशले २९ वटा कानुन संशोधन गरिएको पनि प्रधानमन्त्री ओलीले बताए । उनले ...
: मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले जनकपुरधामको अवैधानिक रूपमा सञ्चालित मुस्कान अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। अस्पतालमा पित्तथैलीको अप्रेसन गरेको बिरामीको २० दिनसम्म होस खुल्न नसकेको समाचार प्रकाशन भएपछि मुख्यमन्त्रीले अस्पताल अनुगमन गरेर सिल गरेर साँचो बुझाउन निर्देशन दिएका हुन्। मुख्यमन्त्रीले शुक्रबार ११ बजे राति अनुगमन गरी बन्द गर्न निर्देशन दिएका हुन्। ...
— जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट १० दिनदेखि हराइरहेका तीन वर्षीय बालकको शव फेला परेको छ । वीरगन्ज-३२ टेढा गाउँनजिकको सियासोती खोलामा बालक अंशु जयसवालको शव शनिबर फेला परेको इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक शुभद्रा वाइबाले बताइन् । माघ १७ मा बालक घरबाट खेल्न निस्केका थिए । बालकको शव खोलामा घोप्टो परेको अवस्थामा ...