मुख्य समाचार
आयोजनाहरू समयमै सम्पन्न नहुँदा बाह्य ऋण बढ्यो : अर्थमन्त्री
आयोजनाहरू समयमै सम्पन्न नहुँदा बाह्य ऋण बढ्यो : अर्थमन्त्री

: अर्थमन्त्री डा.प्रकाशशरण महतले आयोजनाहरू समयमा नै सम्पन्न नहुँदा बाह्य ऋण बढ्दै गएको बताएका छन्। मेनेजमेन्ट एसोसिएसन अफ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले आयोजनाहरू ठिक ढंगले अघि नबढ्दा बाह्य ऋण बढ्दै गएको बताएका हुन्।


मन्त्री महतले पुँजीगत खर्चलाई अनुशासनमा ल्याउने काम गरेको,बहुवर्षिय ठेक्काको समस्या समाधान गर्ने गरि अघि बढेको जानकारी दिए । उनले उदारका साथ स्रोत र साधनलाई मध्यनजर नगरि सामाजिक सुरक्षाका क्षेत्रमा धेरै प्रतिवद्धता गरेको निश्चित दायित्व ठूलो हुन पुगेको धारणा राखे।

निश्चित दायित्व बढ्दा आन्तरिक स्रोत र साधनले सम्बोधन गर्न कठिन भएकाले आन्तरिक ऋण बढेको उनको भनाइ छ। अर्थमन्त्री महतले लगानी क्षेत्रलाई बढाउनका लागि कानुनी सुधारलगायत संरचनात्मक सुधारहरू लगानी सम्मेलन अघि नै गर्ने धारणा राखे।

उनले आगामी जुनको तेस्रो हप्तामा विश्व बैंकको बैठक नेपालमा आयोजना गर्न सहमति जनाएको र अब त्यसको पनि तयारी गरिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल राष्ट्र बैंकले सेयरसम्बन्धी मार्जिन ऋणको सीमा बढाएको छ। शुक्रबार आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिगत मार्जिन सीमा बढाएको जानकारी गराएका हुन्। यसअघि व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्‍याइएको हो। सेयर लगानीकर्ताहरूले पनि मार्जिन कर्जाको सीमा हटाउन माग गरेका थिए। उक्त निर्णयले सेयर ...
: नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान अवस्था पुनरावलोकन गर्ने भएको छ। शुक्रबार आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सुन आयात तथा बिक्री वितरणसम्बन्धी अध्ययन प्रतिवेदनको सिफारिससमेतको आधारमा नेपाल सरकारको समन्वयमा पुनरावलोकन गरिने बताए। उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले गर्ने ननडेलिभरेबल फरवार्डमा कायम प्राथमिक ...
— मुलुकमा अर्थतन्त्र सुधारको नेतृत्व वित्त नीति (सरकार/बजेट)ले लिनुपर्ने बताएका नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले बताएका छन् । नेपालमा विगतमा जेजस्ता राम्रा काम भएका छन् त्यस नेतृत्व वित्त नीतिले नै लिएकाले मौद्रिक लगायत अरु नीतिहरु सरकारले लिएका उद्देश्य तथा लक्ष्य प्राप्तिमा लाग्ने उनको भनाइ थियो । आइतबार संघीय ससंदको अर्थ समितिमा बोल्दै गभर्नर पौडेलले भने, ‘नेपालको ...
: नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति आर्थिक क्षेत्रको दिगो विकासमा केन्द्रित हुने बताएका छन्। आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफलमा गभर्नर पौडेलले सबै क्षेत्र वर्ग समुदायलाई समेट्दै माथि उठाउने गरी आर्थिक क्षेत्रको दिगो विकासका लागि आगामी मौद्रिक नीति केन्द्रित हुने बताएका हुन्। उनले बैंकहरूले ग्रामीण क्षेत्रमा पर्याप्त ...
। चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३.४१ प्रतिशत अर्थात् ४५ अर्ब २१ करोड बढीले आयात भएको छ । जबकि गत आवको ११ महिनामा भने सात अर्ब ३७ करोड मूल्यको मात्रै भटमासको कच्चा ...