कप्तान रोहित पौडेल चम्किँदा क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित
कप्तान रोहित पौडेल चम्किँदा क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

: कप्तान रोहित पौडेल चम्किँदा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। कप्तान पौडेलले ४ विकेट लिएपछि नेपालले क्यानडालाई ७ रनले हराएको हो।

टियु क्रिकेट मैदानमा सुरुवातदेखि दबाबमा परेको नेपालले अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेको हो। ८.५ ओभर खेलेका कप्तान पौडेलले २२ रन दिएर ४ विकेट लिएका थिए। उनले दुई मेडन ओभर फालेका थिए। त्यस्तै ललित राजबंशी २ र सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले एक-एक विकेट लिए।

२२५ रनको विजय लक्ष्य पाएको क्यानडाले सुरुवातदेखि नेपालालई दबाबमा राखेको थियो। क्यानडाका लागि निकोलश किर्टोन र पर्गत सिंहले अर्धशतक प्रहार गरेर नेपाललाई दबाबमा राखेको थियो। निकोलश ६८ र पर्गत ५० रनमा पेभेलियन फर्किएका थिए। त्यस्तै हर्स थाकेरले ३२ र आरुन जोह्नसनले २० रन बनाए भने अन्यले दोहोरो अंकको रन जोड्न सकेनन्।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा अलआउट हुँदै २२४ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए।

त्यस्तै आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सर्राफले १५ र सूर्य तामाङले अविजित १० रन बनाए।
नेपालले क्यानडासँग एक दिवसीय तीन खेल खेल्दैछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...